» » दुई नम्बर प्रदेशको स्थानीय तहको चुनाव सारेकोमा राजपा नेपालको आपत्ति

काठमाडौ असार १ गते । सरकारले दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको चुनाव असोज २ गते गर्ने गरेको निर्णयप्रति राष्ट्रिय जनता पार्टी नेपालले आपत्ति जनाएको छ ।

सो पार्टीका नेताहरुले सरकारको निर्णय स्वीकार गर्न सकिदैन, र मधेशमा जारी आन्दोलन जारी रहेने पनि जनाएका छन् ।

सर्लाहीको बलरामा विहीबार आयोजित बिरोधसभालाई सम्बोधन गर्दै नेता राजेन्द्र महतोले राजपा र सरकारबीच कुनै लिखित वा मौखिक सहमति नभएको दावी गर्नुभयो ।

 राजपासँग कुनै सहमति नभएकाले आन्दोलन नरोकिने बताउँदै  उहाँले चुनाव सार्ने आफ्नो पार्टीको मुद्दा नभएको उल्लेख गर्नुभयो ।

२ नम्बर प्रदेशको चुनाव स्थगित राजपाले भनेर नभई सरकारले बाध्यताले गरेको उल्लेख गर्दै नेता महतोले मधेश, थारूवान र लिम्बूवानको माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।

संवैधानिक दायराभित्र रहेर आन्दोलन गरिरहेका मधेशीलाई अवमूल्यन गरी सरकारले तराई–मधेशमा जबदस्ती चुनाव गराउन खोजे मुलुक ठूलो द्वन्द्वतर्फ धकेलिने उहाँले चेतावनी दिनुभयो ।

यस्तै, राजपा अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले नेपालको संविधान मधेसमैत्री नहुन्जेलसम्म राजपा नेपाल स्थानीय चुनावमा नजाने बताउनुभयो ।

सरकार तथा सत्तापक्षले संविधान संशोधन गरेर मधेस र मधेसीलाई उनीहरुको हकअधिकारको ग्यारेन्टी नगरेसम्म मधेसमा कुनै पनि चुनाव नहुने झाले बताउनुभयो ।

त्यस्तै सो पार्टीका सहप्रवक्ता कृष्ण सिहले सप्तरीदेखि पर्सासम्मको बाहेक मधेश, थरूहटका अन्य जिल्लाहरूमा अषाढ १४ गते नै स्थानीय तहको निर्वाचन गराउने सरकारको निर्णय राजपालाइ मान्य नहुने बताउनु भएको छ ।

यसको बिरोध जारी रहने बताउँदै उहाँले भन्नुभयो, बिरोध स्वरूप सम्पूर्ण मधेश, थरूहटमा आन्दोलनको कार्यक्रम अनुसार बन्दको कार्यक्रम कÞायम राखिएको छ ।

राजपासँगको सहमतिमा मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले असोज २ गते तेस्रो चरणमा २ नम्बर प्रदेशको निर्वाचन गर्न आयोगलाई प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..