» » प्रदीप पाठकः कार्यालयको सचिवदेखि स्टेजको नृत्यसम्म

पुरानो तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र अहिलेको नव गठित राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) को कार्यालयमा तपाई जानु भएको छ भने त्यहाँ एकजना ३३ वर्षीय ह्याण्डस केटा पाउनु हुन्छ ।

कार्यालय भवनमा छिर्दै पहिलो कोठा नै उहाँको कार्यकक्ष हो । उहाँ की कम्प्युटरमा व्यस्त भेट्नु हुन्छ कि पार्टीको अन्य काममा व्यस्त भेटिनु हुन्छ । उहाँ हतपत त्यतिकै नेताहरु वा साथी भाइसँग गफ चुटेर बसेको पाइदैन ।

कार्यालयको व्यवस्थापनमा व्यस्त ती केटो तमलोपा अहिलेको राजपा नेपालको कार्यालय सचिव हुनुहुन्छ तर तपाई नझुकिनु होला, यदि मधेशसँग सम्बन्धित कुनै कार्यक्रम वा साँस्कृतिक, पार्टीहरुको वार्षिक उत्सव, वा अन्य कार्यक्रमहरुमा तपाई जानु भएको छ भने उहाँलाई अर्कै रुपमा पनि पाउनु हुन्छ । हो उहाँ हुनुहुन्छ प्रदीप पाठक ।

१० वर्षअघि उहाँको परिचय एउटा कलाकार अर्थात कुशल डान्सरको रुपमा परिचित थियो तर अहिले उहाँको परिचय दोहोरो भएको छ ।

उहाँ कलाकारसँगै एउटा सिगैं पार्टीको व्यवस्थापनको जिम्मा पनि पाउनु भएको छ ।


जीउ–डाल, पर्सनेल्टि कुनै बलिउड–कलिउडको मोडेलभन्दा कम छैन । र, हो पनि उहाँ मोडेल पनि हुनुहुन्छ । १० वर्षयता उहाँ आफ्नो कालाकारितलाई सकेण्डरीमा राखेर पार्टीको भूमिकामा बढी देखिन थालेपछि स्टेजहरुमा कम देखिन थाल्नु भएको छ तर अहिले पनि उहाँ कम हुनु हुन्न ।

 उहाँ अहिले पनि स्टेजमा चढ्नु भयो सिटी र तालीले हल गुन्जयमान हुन्छ । एकताका ममता पण्डित र प्रदीप पाठकको जोडीलाई तारिफ गर्न दर्शकहरु थाक्दैन्थे । काठमाडौमा मधेशीको कुनै पनि कार्यक्रम होस् यदि त्यसमा साँस्कृतिक कार्यक्रम हुन्थ्यो भने यी जोडीको डिमाण्ड हुन्थ्यो नै । संयोग अहिले उहाँ दुईजना एकअर्काका दुख सुखका साथी हुनुभएको छ ।

बाल्यकाल
प्रदीप पाठकको  सानैदेखि नृत्य (डान्स) को सौखिन हुनुहुन्थ्यो । टिभी र सिनेमाको गीत सुनेर उहाँले लच्काउन शुरु गर्नुभएको थियो । घरमा वा गाउँघरको टोलमा रेडिया बज्नु हुदैन्थ्यो । गीत बज्यो कि प्रदपी पाठकको नृत्यका लागि जीउ हलिन्न थाल्थ्यो । उहाँ स्कूलमा पनि डान्सरका रुपमा परिचित हुनुहुन्थ्यो । स्कूलमा हुने विभिन्न कार्यक्रमहरुमा प्रदीप पाठक नभइ नहुने जस्तो हुन्थ्यो । मानौ त्यो कार्यक्रममा प्रदीप पाठक डान्स नगरि दिए कार्यक्रम नै अधुरो हुन्छ कि जस्तो हुन्थ्यो ।

तर उहाँ नृत्य मात्र होइन, गीत पनि गाउनु हुन्थ्यो । उहाँका त्यतिबेला साथीहरु भन्नुहुन्छ, प्रदीपजी गीत, सँगित र नृत्यमा मात्र होइन, खेलकुदमा पनि त्यतिकै अब्बल हुनुहुन्थ्यो । क्रिकेट र फुटबलमा उहाँलाई जिल्लामा कोही भेट्न सक्दैन्थ्यो ।’ क्रिकेटमा प्रदीप पाठक राष्ट्रिय खेल पनि खेल्नु भएको छ । अर्थात एकसमय थियो उहाँले राष्ट्रिय खेलाडीका रुपमा पनि आफ्नो परिचय बनाई सक्नु भएको थियो । तर खेल र कालाकारीतामा रोज्नुपर्ने दिन आयो भने उहाँले कलाकारितालाई नै रोज्नुभयो ।

राजपा नेपाल बनेपछि पुरानो तमलोपाका कार्यालय विहानैदेखि भरिभराउ हुन्छ, त्यस अवस्थामा प्रदीप पाठकलाई एक मिनेटको पनि फुर्सद छैन, त्यो व्यस्ततामा पनि सहारा टाइम्सले उहाँसँग १० मिनेट कुरा गर्ने मौका पाएको थियो । उहाँसँग कुरा गरिरहँदा मोवाइलमा तारन्तार फोन आइरहेको थियो ।

उहाँ एक मिनेटमा आइ हाले, एक मिनेटमा आइ हाले भन्दै टार्दै आफ्नो कलाकारिताको बारेमा छोटो कुराकानी राख्नुभयो ।

प्रदीप पाठक भन्नुहुन्छ, डान्सर बन्नु मेरो पेसा होइन, बाल्यकालमा हुँदा मेरो सौख थियो, अहिले आएर समाज सेवा बनेको छ, मैले पैसा कमाउनका लागि यो काम गरेकै होइन, यदि पैसा कमाउनका लागि यो कार्य गरेको भए मसँग अरु विकल्पहरु पनि थियो, चाहेको जस्तो जागिर गर्न सक्थे, चाहेको जस्तो व्यवसायी गर्न सक्थे तर होइन, मधेशको कला सँस्कृति र धरोहरलाई बचाउनका लागि मैले यो क्षेत्र रोजेको हुँ ।’

आफूलाई क्रिकेट खेल्न निकै मज्जा आएको बताउँदै पाठकले भन्नुभयो, म क्रिकेटलाई रोज्न सक्थे तर मैले यो नृत्यले मधेशी समाजका लागि जति गरेको छु, सायद क्रिकेटले गर्न सकिदैन्थ्यो होला ।’

प्रदीप पाठक कक्षा ६ सम्म सर्लाहीको हरिपुर महावीर जनता माध्यमिक विद्यालयमा पढ्नुभयो । उहाँका बुवा त्यहाँका गाविस सचिव हुनुहुन्थ्यो, त्यही भएर आफ्नो जिल्ला छाडेर त्यहाँ गएर पढ्नु परेको थियो उहाँलाई तर पछि उहाँ महोत्तरीको महेन्द्र आदर्श महिला माविमा सात कक्षादेखि १० कक्षासम्म अध्ययन गर्नुभयो । अर्थात एसएलसी त्यहीबाट पास गर्नुभयो ।

बच्चादेखि नै डान्सको सौखिन थिए तर ८ कक्षादेखि अलि गम्भीर रुपमा नै त्यसमा संलग्न हुन थाले । विभिन्न स्टेज शोहरु गर्न थालेका थिए ।

गुरु
फलानै मेरो गुरु हो, उहाँबाट नै यो नृत्य सिके भन्ने अवस्था छैन । तर अनुभव र प्रेरित हुने कामहरु विभिन्न व्यक्तिहरुबाट भएको बताउँनुहुन्छ, प्रदपी पाठक । आफन्तमै पर्ने दाजु सिवेन्द्र झाबाट पनि प्रदिप पाठक प्रभावित हुनुभएको थियो । सिवेन्द्र झा महोत्तरीको सुरसण्डमा सुरभी म्युजिकल गु्रप खोल्नु भएको थियो, सो ग्रुपमा रहेर पनि प्रदीप पाठकले काम गर्नुभएको थियो । आफूले सिक्दै आएको नृत्यलाई त्यहाँ निखार्ने काम गरेको प्रदीप पाठकले बताउनुभयो ।

२० वर्षअघि सुरसण्डमै डान्स प्रतियोगित हुँदा प्रदीप पाठकले त्यसमा दोस्रो पुरस्कार हात पार्नुभएको थियो । सेकेण्ड भएपनि त्यहाँबाट तक्मा पाउँदा उहाँ जति खुशी हुनु भएको थियो त्यति खुशी आजसम्म कहिले हुनुभएको थिएन । त्यहाँ पाएको तक्माले उहाँलाई त्यो क्षेत्रमा काम गर्न अझै हौसला बढाएको थियो । उहाँले भन्नुभयो, त्यो तक्मा पाएको दिन मेरो आँखाबाट आफै आँसु आएको थियो र मैले त्यो दिन सकल्प लिए कि यो मधेशको माटोका लागि केही गर्नुपर्छ, म मधेशको धरोहर, सँस्कृति, रितिरिवाज, लोकगीत, लोकगीतलाई बचाउनका लागि नाच्छु र आजसम्म यही क्षेत्रमा सक्रिय छु ।’

सुरभी म्युजिकल गु्रुपमा सहभागि भएर विभिन्न ठाउँमा कार्यक्रमहरु पनि गरेको अनुभव सुनाउँदै पाठकले भन्नुभयो, पछि जनकपुरको रमानन्द युवा क्लवमा सहभागि भए । सो क्लवमार्फत गरिने हेलो मिथिला कार्यक्रमा सहभागि भएर विभिन्न ठाउँमा आफ्ना सो देखाउनु भएको थियो । सो क्लवले विशुद्ध रुपमा मैथिली र मिथिलाको कला सँस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ कार्यक्रमहरु गर्थे ।

 लोकसँस्कृति, लोकगीत, लोकसंगित, लोकनृत्य जस्ता कार्यक्रम हेलोमिथिलामर्फत हुन्थ्यो, त्यसमा प्रदीप पाठकलाई निकै आनन्द आउथ्यो । उहाँले सो क्लवमार्फत भारतको दरभंगा, मधुवानी, पटना, कलकत्ता, मोजफरपुर लगायतका ठाउँहरुमा आफ्ना स्ेटज शो गरिसक्नुभएको थियो । त्यसबेला अभास लाभ, रश्मी, ममता पण्डित, नवीन मिश्र, पवनलगायतका साथीहरु हुनुहुन्थ्यो ।

 प्रदिप पाठक भन्नुहुन्छ, औलामा नै गन्ती गर्ने हो भने धेरै हुनसक्छ तर मलाई लाग्छ म पाँचहजार भन्दा बढी स्टेज शो गरेको छु ।’

रमानन्द युवा क्लवमा आवद्ध भएर काम गरिरहँदा जनकपुरमा सुवोध झा जसको मृत्यु भइसकेको छ । उहाँसँग पनि प्रदीप पाठकले शिक्षा लिनुभएको छ । सुवोध झा नृत्यका प्रशिक्षक हुनुहुन्थ्यो । प्रदीप पाठकले उहाँबाट पनि धेरै कुरा सिक्नुभयो । उहाँ भन्नुहुन्छ, सिकाई कहिल्यै पूर्ण हुँदैन, जन्मेदेखि मृत्युसम्म मान्छेले केही नकेही सिके रहेका हुन्छन्, र म पनि आजसम्म सिक्दैछु ।’

काठमाडौ आगमन
प्रदीप पाठक ब्याचलर अध्ययनका लागि काठमाडौ आउनुभयो । काठमाडौमा आएर पनि उहाँले आफ्नो कलाकारितालाई छाड्नु भएन । झन त्यसमा निखार ल्याउनका लागि उहाँले कालीमाटीमा अवस्थ्ति अमर कला केन्द्रमा भर्ना हुनुभयो । उता बीबीएसको अध्ययन कलेजमा हुन्थ्यो भने नृत्यका कक्षा अमर कला केन्द्रमा लिन थाल्नुभयो । अमर कला केन्द्रमा एक वर्षसम्म अध्ययन गर्नुभयो ।

प्रदीप पाठक काठमाडौमा हुँदा यहाँ हुने मधेशी कार्यक्रमका लागि प्रदीप पाठक पर्याय बन्नु भएको थियो । हरेक कार्यक्रममा उहाँ जानु हुन्थ्यो । तर उहाँ जतिपनि कार्यक्रममा जानु भयो, त्यहाँ पैसा लिने कुरा कहिले गर्नुभएन । तराई मधेशको नाम सुन्ने वित्तिकै कार्यक्रमका लागि तयारी हुनुहुन्थ्यो । र, उहाँले प्राय मैथिली गीत संगितमा आफ्नो नृत्य दिनुहुन्थ्यो । दर्शकको चाहना अनुसार मात्र कहिल्यै काही हिन्दी वा अन्य भाषाको गीतमा नृत्य गर्नुहुन्थ्यो नभए उहाँको प्राय नृत्य मैथिली गीत संगितमै हुन्थ्यो ।

काठमाडौ आएपछि उहाँको डिमाण्ड अझै बढ्न थाल्यो । उहाँ नेपाल बाहिर गएर पनि कार्यक्रमहरु गर्न थाल्नुभयो । उहाँ पाँच पटकभन्दा बढी कतारमा गएर पनि कार्यक्रम गर्नुभएको छ, त्यो पनि विशुद्ध तराई मधेशको कला सँस्कृतिभित्र रहेर । काठमाडौमा उहाँ विभिन्न टेलिभिजनमा पनि काम गर्नुभएको छ । नेपाल वन, नेपाल टेलिभिजनको मेट्रो टेलिभिजन, तराई टेलिभिजनमा उहाँले काम गर्नुभएको छ ।

 नेपाल वनमा प्रशासन क्षेत्रमा काम गर्नुभएको भने मेट्रो र तराई टेलिभिजनमा प्रड्युशरको रुपमा काम गर्नुभयो ।
उहाँले तराई टेलिभिजनमा प्रोड्युश गर्नुभएको गपसप वीथ गामवाली कार्यक्रम खुवै चर्चामा रह्यो । त्यो कार्यक्रम ममता पण्डितले चलाउनु हुन्थ्यो ।

साथै उहाँले मौसम आयल बहार, प्रितक इजोरिया, कि हुनका नई भेल, इजोेरलगायत दर्जनौ एलम्बमा काम गर्नुभएको छ । फिल्ममा काम गर्ने पनि अवसर नआएको होइन, तर आफू सुहाउँदो भूमिका नभएको कारणले फिल्ममा उहाँले काम गर्नुभएन ।

सकभर लिड रोल त्यसमा पनि आफूलाई मनपर्ने कथावस्तु भए मात्र फिल्म खेल्ने उहाँको योजना छ । यद्यपी उहाँले फिल्म नखेले पनि नेपालका जति पनि नायक नायिकह छन् । उहाँहरु सबैसँग स्टेज कर्यक्रम गरिसक्नु भएको छ । अहिले उहाँ एउटा आफ्नै डान्स इन्स्टिच्युट पनि सञ्चालन गर्नुभएको छ । किर्तिपुरमा बीट वस्टर एकेडेमी नामको सो इन्स्टिीच्युटमार्फत कलाकारलाई तालिम दिनुको साथै कार्यक्रमहरु उहाँले गर्ने गर्नुभएको छ ।

उहाँ मधेश साँस्कृतिक कलाकार संघको सचिव पनि हुनुहुन्छ । सोही संघमार्फत काठमाडौमा कार्यक्रम हुने गरेको छ । ठूला ठूला दलका नेताहरुको सामू आफ्नो नृत्य प्रस्तुत गरिसक्नु भएका प्रदीप पाठक राजनीतिक रुपमा पनि सबैको मन जित्न सफल हुनुभएको छ । त्यत्रो पार्टीमा अहिले उहाँले सबैलाई चित्त बुझाएर काम गरिरहनु भएको छ ।

घरपरिवार
बुवा गोपाल पाठक र आमा मिरादेवी पाठकको जेठो छोरा प्रदीप पाठकका एक भाइ र एक वहिनी हुनुहुन्छ । भाइ चन्दन पाठक एमआर हुनुहुन्छ भने वहिनी साधाना पाठकको विहे भइसकेको छ । प्रदीप पाठक कलाकारित क्षेत्रमा लाग्दा उहाँका घरपरिवारले रुचाएको थिएन । छोराले यो डान्स–फान्समा नलागुन भनि आमावुवाको चाहना थियो । बेलाबेलामा आमा–बुवाले त्यस अनुसारको सल्लाह पनि दिनुहुन्थ्यो तर दवाव कहिल्यै दिनुभएन ।

प्रदीप पाठक भन्नुहुन्छ, मेरा आमा–बुवाको चाहना पनि अरुको आमा–बुवा जस्तै थियो कि छोरा धेरै पढुन्–लिखुन्, डाक्टर, ओभरसियर, इन्जिनियर बनुन्, तर मलाई उहाँहरुले त्यो नगर यो गर भनि दवाव कहिल्यै दिनुभएन, भेटहुँदा सम्झाउनु हुन्थ्यो तर गाली गरेर वा रिसाएर कहिल्यै पनि यो नगर भनि दवाव दिनुभएन ।’ बरु घरबाहिरका व्यक्तिहरुले कुरा काट्थे कि हेर फलानोको छोरा नटुवा भयो, पढाई लेखाई छाडेर गाउँ गाउँ गएर नाच्छन् । तर मलाई त्यसले कहिल्यै केही फरक परेन । अरुले भनेर के हुन्छ, मेरो घरका सदस्यहरुले त भनिरहेका छैन नि भनि चित्त बुझाउँथे ।’

तर प्रदीप पाठकको कुरा काट्नेहरु पछि स्यावासी दिन थाले । जब प्रदीप पाठकको नाम जहाँ त्यही गुन्जिन थाल्यो, देशमा मात्र होइन, विदेश गएर पनि कार्यक्रहरु गर्न थालेपछि सबैको बोल्ती बन्द भएको थियो, पाठकले सम्झनुहुन्छ ।

राजनीति
राजनीतिक गर्ने सोच प्रदीप पाठकमा कहिल्यै आएन । र, त्यस अनुसारको आवश्यकता पनि उहाँलाई महसुस भएको थिएन । जब ब्याचलर पढ्नका लागि काठमाडौ आए अनि उहाँले सो कुराको महसुस हुन थाल्यो । काठमाडौमा मधेशीमाथि पहाडीले गरेको भेदभावले उहाँको मनलाई छियाछिया बनाएको थियो । रितिक रोशन काण्ड पनि प्रदीप पाठक काठमाडौमै हुनुहुुन्थ्यो । त्यो घटनामा मधेशी र मुस्लिममाथि भएको त्यो दमन उहाँले प्रत्यक्ष भोग्नु भएको हो । त्यही भएर उहाँ राजनीतिमा जाने सोच बनाउनुभयो ।

२०६४ सालमा महन्थ ठाकुरले तराई मधेश लोकतान्त्रिक पार्टी गठन गर्नुभयो । सोही पार्टीमा उहाँ पनि सहभागि हुनुभयो । र सो पार्टी गठन भएको १० वर्षभन्दा बढी भइसक्यो तर प्रदिप पाठक त्यहीको हुनुहुन्छ । पार्टीको कार्यालय सचिवको जागिर र कार्यक्रमहरु गरेर खान पुगिरहेको पाठकले बताउनुभयो । उहाँले अहिले आफू त्यति टाइम नदिएपनि महिनाको पाँचदेखि सातवटा कार्यक्रहरु भइहाल्छ । पैसा डिमाण्ड गरेर कुनै पनि कार्यक्रममा जाँदिन, आयोजकले खाममा जति दिन्छन् त्यति बोकेर आउछु ।’

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..