» » बन्दी रिहाय गराउन पुगे राजपाका नेताहरु कपिलवस्तु

कपिलवस्तु असार ५ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राज किशोर यादवले स्थानिय तहको निर्वाचन एउटा नाटक मात्र भएको बताउनु भएको छ ।

सरकारले हामीलाई पटक पटक ढट्ने काम गरको बताउनु भयो ।

निमुखा नागरिकहरुलाई प्रयोग गरेर फाइदा लुटना खोजेका उहाले अरोप लगाउनु भयो । लोकतन्त्रमा जनतालाई दुख दिएर
गरेको निर्वाचन अर्थहिन हुने उहाले बताउनु भयो ।

देशको एक ठुलो शाक्ति बाहीरा राखेरा सरकारले नागरिकहरुको हक अधिकार कुन्ठीत परेको बताउनुभयो । नवलपरासीमा हिजो आफुहरुमाथि भएको घटना सरकारले हामीमाथि
अक्रमण गराउने कोसिस गरेको उहाले अरोप लगाउनु भयो ।


राजपाका नेताहरु पक्राउ परेपछि केन्द्रीय नेता महन्थ ठाकुर र राजकिशेर यादव, अनिल झा, जितेन्द्र सोनल लगायतका वरिरष्ठ नेताहरु कपिलवस्तुमा आउनु भएको छ ।

पक्राउ परेका पक्राउ परेका आप्ना कार्यकर्ताहरुलाई थुनाबाट छुटेपछि उहाँहरुले स्वागत गर्नुभयो ।

संविधान संशोधनको माग गर्दै अन्दोलन गर्दे आएका कार्यकर्ताहरुलाई कपिलवस्तु प्रहरीले विभिन्न ठाउँबाट आइतवार राजपाका पैतिस जना कार्यकर्ताहरुलाई प्रहरीले
पक्राउ गरेको राजपा नेता पुर्व मन्त्री इश्वर दयाल मिश्राले जानकारी दिनु भयो ।

पक्राउ परेका २६ जना कार्यकर्ताहरुलाई कपिलवस्तुको गोरुसिगे, ८ जना पिपरा लगायतका स्थनहरुमा प्रहरीले राखेको थियो । उनिहरुलाई राजपाका नेतहरुले जिम्मा लिई रिहा गरीएको नेता विजय जयसवालले बताउनु भयो ।

पक्राउ पर्नेहरुमा पक्राउ पर्नेहरूमा केन्द्रीय सचिव रवीदत्त मिश्रा, जिल्ला संयोजक कैलाश अग्रहरी राजपा नेता राहुल सिंह, रविन्द्रनाथ मिश्र, कालीपद शर्मा, सन्तराम अग्रहरी, बलाराम तिवारी, राजु मुसलमान, इरफान मुसलमान, हरिप्रसाद
पाण्डे, इन्तियाज अहमद , हरिश प्रसाद पाण्डे , शिवभक्त ठाकुर रहेका छन् ।

त्यस्तै अमृता अग्रहरी, , सलिम मोहम्म्द मुसालमान, इन्द्र बहादुर कुर्मी, रामनरेश चौधरी, रामराज चौधरी, आज्ञाराम कोरी, महबुब खान, जग्गु यादव, सोनु खान, महिब आलम, उमेश चाई, अर्जुन पाल,सुर्य प्रकाश चौधरी, समिर खान, सन्दिप गौतम रहेका छन ।

त्यस्तै जलील मनिहार, श्याम सुन्दर चौधरी, पशुपती
कुर्मी, चादँ मोह्म्द दार्जी, सुरेश जयसवाल रहेको थिए । पक्राउ परेका २६ जनालाई रिहाई गरिएको इलाका प्रहरी कार्यलाय गोरुसिगेका प्रहरी निरिक्षक मिन बहादुर आलेले जानकारी दिनुभयो ।

जसमध्ये जिल्ला संयोजक कैलाश अग्रहरी र राहुल सिंह सनिबार राती नै प्रकाउ परेका थिए ।

कृष्णनगरमा मनोनयन दर्ता कार्यक्रममा नारा जुलुस गरेको भन्दै मगंल प्रसाद गुप्ता र शिव कुमार गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले राजपाका नेता राम प्रकास चौधरी र बालजी चौधरीलाइ विजय नगर गाउपालिकाबाट पक्राउ गरेको थियो । विजयनगर गाऊपालिकामा राजपा का कार्यकर्ता र प्रहरी बीच झडप हुदा
राजपाका केही कार्यकर्ता घाइते भएका थिए ।
–मनिष गुप्ता, कपिलवस्तु

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..