» » राजपा नेपालको बन्द कार्यक्रम दोस्रो दिनको तुलनामा आज शन्तिपूर्ण

काठमाडौ जेठ ३१–राष्ट्रिय जनता पार्टी नेपालको आज दोस्रो दिनको मधेशबन्द कार्यक्रम पहिलो दिनको तुलनामा आज शान्तिपूर्ण भइरहेको छ ।

मधेशका सम्पूर्ण गतिविधि ठप्प छन् भने राजपा नेपालका नेताहरु सडकमा नारावाजी गरिरहेका छन् ।
सप्तरीमा केही निर्वाचन अधिकृतलाई नियन्त्रणमा थिए भने एक ठाउँमा राजपा नेपालका कार्यकर्तालाई प्रहरीले पक्राउ समेत गरेको छ ।

राजपा नेपालका केन्द्रीय अध्यक्षहरु आआफ्नो मोर्चा सम्हाल्न मधेश झरिसकेका छन् । स्रोतका अनुसार राजेन्द्र महतो, अनिल झा मधेश झरिसक्नु भएको छ भने अन्य नेताहरु वार्ताका लागि काठमाडौमै रहेको बताइन्छ ।

सत्तारुढ दलले आज ४ बजे राजपा नेपालसँग छलफल गर्न लागेको छ ।


राजपा नेपालका सचिव उपेन्द्र महतोका अनुसार 
२३. धनुषा - राजपा का केन्द्रीय सदस्य राम कुमार महतो प्रहरी हिरासतमा
२२. धनुषा - जनकपुरमा बिशाल मोटरसाईकिल रैली
२१. रौतहट - झड़प
२०. रौतहट - बन्दको अवज्ञा गरेको भन्दै गाडीमा तोडफोड
१९. नवलपरासी - केन्द्रको चुनावमा जाने निर्देशन लत्याउँदै जन दवावमा संघिय समाजबादी फोरम नेपाल , नेपाल लोकतान्त्रिक फोरम र नँया शक्ति नेपाल नवलपरासीले राजपा नेपालको आन्दोलनमा समर्थन जनाएका छन्।
१८. सप्तरी - निर्वाचन सम्बन्धी प्रशीक्षण लिन आएकाहरूलाई आन्दोलनकारीले नियन्त्रणमा लिई आन्दोलनको औचित्य सम्बन्धी प्रशिक्षण
१७. सप्तरी - सेनाको गस्ती
१६. महोत्तरी - जलेश्वरमा ट्याकं सहित सेनाको गस्ती
१५. धनुषा - बन्दको अवज्ञा गरेको भन्दै हालसम्म ४ वटा गाडीमा तोडफोड
१४. सप्तरी - बिरोध पछि निर्वाचन सम्बन्धी प्रशीक्षण कार्यक्रम स्थगित
१३. सप्तरी - राजबिराजमा आन्दोलनकारी र प्रहरी बिच झड़प
१२. रूपन्देही - मर्चवारमा बृहद मोटरसाइकल र्याली
११. रूपन्देही - चौक चौकमा टायर बाली प्रदर्शन
१०. सर्लाही - गाँउ गाँउमा टायर बाली प्रदर्शन
९. बाँके - नेपालगंजमा बिहानै देखि प्रदर्शन
८. रौतहट - तीन जना आन्दोलनकारी प्रहरी हिरासतमा, आन्दोलनकारी प्रहरी बिच झड़प
७. धनुषा - राजपा अध्यक्षमण्डलका अध्यक्ष अनिल कुमार झाको नेतृत्वमा बिशाल जुलुस प्रदर्शन
६. सप्तरी - चुनाव सम्बन्धी कर्मचारीहरूको तालिममा अवरोध
५. धनुषा - बिहानै देखी प्रदर्शन, गाउँ गाउँमा पनि आगो सल्किंदै
४. पर्सा - बिरगंजमा आन्दोलनकारी र प्रहरी बिच झड़प
३. पर्सा - बिरगंजमा बृहत प्रदर्शन जारी,आजको बन्द झनै ससक्त,टोल टोल चौक चौकमा टायर बाली प्रदर्शन जारी
२. महोत्तरी, संघीय समाजवादी फोरम को कार्यालय मा तोड़ फोड़
१. रौतहट - शसस्त्रले प्रयोग गरिरहेको बसमा तोडफोड

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..