» » देउवाले लिखित प्रतिबद्धता जनाएपछि उपेन्द्र यादवले गर्नुभयो समर्थन

काठमाडौं जेठ २१ गते । संघीय समाजवादी फोरम नेपालको संसदीय दलले प्रधानमन्त्री निर्वाचनमा प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
फोरम नेपालको संसदीय दलका नेता अशोक राईको अध्यक्षमा आइतबार बसेको बैठकले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको सचेतक डा. शिवजी यादवले जानकारी दिनुभयो ।
कांग्रेस सभापति देउवाले प्रधानमन्त्री निर्वाचन पछि संविधान संशोधन गरी मधेशी, आदिवासी जनजाति, थारु लगायतको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएपछि फोरम नेपालले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सम्बोधन गर्दै देउवाले संघीय समाजवादी फोरम नेपाललाई पठाएको लिखित पत्रमा भनिएको छ,– ‘स्थानीय तहको प्रथम चरणको निर्वाचन भइसकेको वर्तमान अवस्थामा अब तोकिएको मितिमा दोस्रो चरणको निर्वाचन गरि संविधान संशोधन लगायत राजनीतिक दलहरुको बीचमा भएको सहमतिलाई कार्यान्वयन गर्दै बाँकी सबै तहको निर्वाचन सम्पन्न गर्नु हाम्रो मुख्य राष्ट्रिय एजेन्डा हुने कुरा स्मरण गराउन चाहन्छु ।’
संविधान संशोधन फोरम नेपालको मुख्य एजेन्डा भएको जनाउँदै पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रतिकूल परिस्थितिमा स्थानीय तहको चुनावलाई पनि संघर्षको कार्यदिशा बनाएर अघि बढेको प्रतिक्रिया दिनुभयो । कांग्रेस सभापति देउवाले संविधान संशोधन लागि लिखित रुपमै प्रतिबद्धता जनाएपछि पक्षमा मतदान गर्ने निर्णय गरेको यादवले बताउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..