» » फोरम नेपालमा उद्योगी व्यपारीको प्रवेश

विराटनगर असार १ गते । देशको सबैभन्दा विशाल औद्योगिक नगरी विराटनगरका प्रतिष्ठित उद्योगी व्यापारीहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । 

फोरम नेपालको उठाउँदै आएको राजनीतिक एजेन्डासँग सहमत हुँदै दुई सय बढी चर्चित उद्योगी, एमाले र कांग्रेसका नेताहरुले पार्टीको सदस्यता लिएका छन् । 

स्थानीय तहको दोस्रो चरणको चुनाव नजिकिँदै गर्दा प्रदेश नं। १ मा पर्ने विराटनगरका उद्योगी व्यापारीसहित फोरम नेपालमा प्रवेश गरेको छ । 

विराटनगरको जलजला चोकमा बिहिबार आयोजित पार्टी प्रवेश एवं चुनावी सभामा नवप्रवेशी उद्योगी व्यापारी एवं एमाले र कांग्रेस लगायतका नेताहरुलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव स्वयंले स्वागत गर्दै पार्टीमा प्रवेश गराउनु भएको छ । 

नेकपा एमालेका पूर्व निर्वाचित वडा अध्यक्ष चन्द्र शेखर चन्दू, मारवाडी सेवा समितिका सचिव अशोक अटल, एमालेका वडा इकाई कमिटि अध्यक्ष कमलेश शर्मा फोरम नेपालमा प्रवेश गर्नुभएको हो । 

नेपाली कांग्रेसकी नेता बिना कर्ण, राकेश कर्ण लगायत दुई सय भन्दा बढी राजनीतिक नेतृत्व र उद्योगी व्यापारीहरु पार्टीमा आबद्ध हुनुभएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..