» » राजपा नेपालका पाँचजना नेता २४ घण्टा प्रहरीको नजरबन्दमा

काठमाडौ असार ४ गते –स्थानीय तहको चुनावका लागि हुने उम्मेदवारको मनोनयको विरुद्ध आन्दोलन गर्न पश्चिम पुग्नु भएका राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु २४ घण्टा प्रहरीको नजरबन्दमा रहनु भयो । 

अझैसम्म उहाँहरु त्यो होटलबाट निस्कनु भएको छैन । 

आन्दोलनमा उत्रेका राजपा नेपालका नेताहरुलाई समातेर थुन्ने रणनीति बनाएका नेपाल प्रहरीले हिजो राजपा नेपालका चारैजना नेतालाई समात्ने योजना बनाएको थियो । 

उहाँहरुलाई प्रहरीले समात्न त सकेन तर जितेन्द्र सोनललगायत पाँचैजना नेतालाई प्रहरीले नजरबन्दमा राखेका छन् ।  

भैरहवाको कार्यक्रम सकेपछि महन्थ ठाकुर, अलिन झा, राजेन्द्र महतो, राजकिशोर यादव र जितेन्द्र सोनलसाँझ आठ बजेतिर भैरहवाको पवन होटलमा पुग्नु भएको थियो ।  

हिजो साँझ होटल पस्नुभएका पाँचैजना नेतालाई प्रहरीले दिनभरि होटलबाट निस्कन दिएन । 

नेताको सुरक्षा भनेर प्रहरीहरु त्यहाँ तैनाथ थिए । 

नेताहरु कुनै समान वा केही कारण बताउँदै निस्कन खोज्दा प्रहरीले के काम छ हामी गर्दिन्छौं,  के समान ल्याउनु छ हामी ल्याई दिन्छौ भन्दै उनीहरुलाई बाहिर निस्किन दिएको थिएन ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..