» » राजपा नेपाल पुगे मानव अधिकार आयोग

काठमाडौं– आन्दोलनरत राष्ट्रिय जनता पार्टी, नेपालले आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गरेको आरोप लगाउँदै ध्यानाकर्षण गराउन मानव अधिकार आयोग पुगेको  छ  ।


पार्टीले मधेश÷थरुहट बन्दको शान्तिपूर्ण कार्यक्रममा दमन गरी पक्राउ परेका आफ्ना दर्जनौं नेता, कार्यकर्ताको तत्काल रिहा गर्न र घाइतेहरुको शीघ्र उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग पनि गरेको छ ।

स्थानीय तह निर्वाचनको विरोधमा आईतबार राष्ट्रिय जनता पार्टी, नेपालले मधेश÷थरुहट जिल्लामा बन्द आह्वानका क्रममा सुरक्षाकर्मी र प्रर्दशनकारीबीच झड्प हुँदा दर्जनौं प्रर्दशनकारी पक्राउ परेका छन् ।

सोही घटनाबारे जानकारी दिन राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पुगेका पार्टीका नेताहरुले सरकारले आफूहरुमाथि दमनकारी नीति लिएको दावी गर्दै आपत्ति जनाउनु भएको छ ।


पार्टीका नेता महेन्द्रराय यादवले शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गरेर पक्राउ परेका आफना् पार्टीका नेता कार्यकर्ताको तत्काल रिहा गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले घटनाबारे गम्भिर भई मानव अधिकारको प्रत्याभूति मधेशका जनतामा पनि गराउन राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको पनि जानकारी दिनुभयो ।


राष्ट्रिय जनता पार्टी, नेपालले आह्वान गरेको बन्दको क्रममा जनकपुरबाट पूर्व राज्यमन्त्री सरिता साहसहितका तीन जनालाई पक्राउ गरिएको छ ।

त्यसैगरी मधेश÷थरुहटका अन्य जिल्लाहरुबाट पनि राष्ट्रिय जनता पार्टी, नेपालका दर्जनौं नेता कार्यकर्ता पक्राउ परेका छन ।

पार्टीले शान्तिपूर्ण ढंगले बन्द आह्वान गर्दै हिँडेका आफना दुई दर्जन बढि नेता कार्यकर्ता घाइते भएको पनि जनाएको छ ।


यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार हनन् हुन नदिने प्रतिवद्धता जनाएको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेतृत्वसँग आयोगका सदस्य प्रकाश वस्तीले आयोग मानव अधिकार हनन् हुन नदिन सचेत रहेको बताउनुभयो ।

उहाँले स्थानीय तह निर्वाचनको सन्दर्भमा तराई मधेशका विभिन्न जिल्लामा भईरहेको घटनाको पनि स्थलगत अध्ययणको काम जारी रहेको उल्लेख गर्दै मानव अधिकारको प्रत्याभूति दिलाउन आयोगले कुनै कसर बाँकि नराख्ने पनि स्पष्ट पारे ।

आयोगले नागरिकको अधिकारमाथि आँच आउन नदिने गरी देशभर आफनो नेटवर्क संचालनमा ल्याएको पनि स्पष्ट पारेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..