» » आन्दोलनमा घाइते भएका दुखि मेहताको निधन

काठमाडौ असार ६ गते । मधेशमा एकजना अर्को सहिद थप भएको छ ।

राष्ट्रिय जनता पार्टीले शुरु गरेको चौथो मधेश आन्दोलनको क्रममा घाइते भएका दुखी मेहताको निधन भएको छ ।

असार १ गते सुनसरीको इनर्वामा भएको झडपमा घाइते भएका ३८ वर्षीया दुखिलाल मेहताको उहाँकै निवासमा आज निधन भएको हो ।

बन्दको क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । सो झडपमा प्रहरीको कुटाइबाट मेहता घाइते हुनुभएको थियो ।

टाउकोमा चोट लागेका महेतालाई उपचारका लागि धराना लगेको थियो । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाका अनुसार बाहिर लागेको चोटपटकको उपचार गरी मेहतालाई सोही दिन घर फर्काई दिएको थियो ।

घरमा अराम गरिरहेकै अवस्थामा मेहताको आज निधन भएको राजपा नेपालले जानाएको छ । राजपा नेपालले मेहतालाई सहिद घोषणा गर्न माग गरेको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..