» » चुनावको विरुद्धमा मैतिघरमा विरोध प्रदर्शन (फोटो फिचर)


काठमाडौ जेठ १९–केही स्वतन्त्र युवाहरुले गठन गरेको तराई मधेश राष्ट्रिय परिषद्ले आज मैतीघर मण्डलामा स्थानीय तह चुनावको विरोधमा कार्यक्रम गरेको छ ।

सविधान संशोधन नभएसम्म चुनाव वहिष्कार गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका मधेशी बुद्धिजिवी, पत्रकार, प्रध्यापक, नागरिक अगुवा, विद्यार्थी, अधिवक्ताहरुको उपस्थिति थियो ।

कार्यक्रममा सहभागिहरुले संकल्प लिए कि सविधान संशोधन नभएसम्म यो संघर्षलाई जारी राख्ने ।

कार्यक्रममा सिके लाल, विजयकान्त कर्ण, तुलानारायण साह, उज्जवल प्रसाइँ, सरोज मिश्रा, कासिन्द्र यादव, सरोज रायलगायतले आआफ्नो धारणा राखेका थिए । धारणा राख्ने क्रममा उहाँहरुले पनि यथास्थितिमा चुनावको कुनै औचित्य छैन, यसको विरुद्धमा आन्दोलन सशक्त बनाउनुपर्ने धारणा राख्नु भएको थियो ।  










About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..