मोरङ (रङ्गेली) जेठ २२ गते । संघीय समाजवादी फोरम नेपालले मधेश आन्दोलनको शहीद परिवारका सदस्यलाई उम्मेदवार बनाएको छ । रङ्गेलीको चर्चित घटनाका शहीद महादेव ऋषिदेवकी पत्नी सीतादेवी ऋषिदेवलाई फोरम नेपालले स्थानीय तहको दोस्रो चुनावमा उम्मेदवार बनाएको हो ।
सुनवर्षी नगरपालिका वडा नम्बर ७ को महिला दलित सदस्यमा शहीद पत्नी सीतादेवीलाई चयन गरिएको छ । २०७२ साल माघ ७ गते मधेश आन्दोलनमा प्रहरीको गोलीले महादेव शहीद हुनुभएको थियो ।
मधेशी मोर्चाको विरोधको बावजूद एमाले महासचिव ईश्वर पोखरेले रङ्गेलीमा सभा गर्न खोजेपछि भएको तनावमा प्रहरीले गोली चलाउँदा तीन जना शहीद भएका थिए ।
संघीय समाजवादी फोरम नेपालले शहीद परिवारलाई सम्मान स्वरुप प्राथमिकता दिने नीति अनुसार मोरङमा शहीद पत्नी सीतादेवीलाई उम्मेदबार चयन गरेको फोरम नेपाल मोरङका स्थानीय नेता प्रकाश यादवले जानकारी दिनुभयो ।
यसअघि, फोरम नेपाल सिरहाले मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोकी आमालाई गाउँपालिकाको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
शहीद पत्नी सीतादेवीको चयनसँगै फोरम नेपाल मोरङले सुनवर्षी नगरपालिका वडा नम्बर ७ का सबै उम्मेदवारहरुको टुंगो लगाएको छ ।
सुनवर्षी नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा प्रकाश यादवलाई उम्मेदवारको रुपमा अघि सारिएको छ । अर्को महिला सदस्यमा चिन्तामणिदेवी राजवंशीलाई उठाइएको छ । अन्य दुई खुल्ला सदस्यहरुमा सुवर्ण सिंह र जमुना दासलाई उम्मेदवार बनाइएको छ ।
सुनवर्षी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षका उम्मेदवार बनेका यादव पार्टीको पनि वडा समितिका अध्यक्ष हुनुहुन्छ । वडामा उम्मेदवारहरुको टुंगो लगाइसकिएकाले आपूmहरु चुनावी अभियान र घरदैलो कार्यक्रममा होमिएको उहाँले बताउनुभयो ।
वडाको विकासका लागि झपडतलदेखि बडंगा हुँदै भारतीय सीमासम्म कालोपत्रे सडक निर्माण गर्ने आप्mनो प्रमुख एजेण्डा रहेको उहाँले बताउनुभयो ।
‘बडंगाका जनताको जीवनस्तर उकास्नका लागि कृषि प्रणालीलाई आधुनिकिकरण गर्नुपर्छ,’ यादवले भन्नुभयो, ‘यहाँका दलित तथा गरिब जनता आधारभूत स्वास्थ्य सेवाबाट समेत बञ्चित भएकाले अब स्वास्थ्य र शिक्षा क्षेत्रलाई मैले प्राथमिकतामा राखेको छु ।’ आपैm पनि कृषक रहेका यादव बडंगाका चर्चित युवा नेता हुनुहुन्छ ।
No comments: