» » धनुषाका दुई वरिष्ठ पत्रकारले दिनुभयो संगठनबाट राजिनामा

धनुषा जेठ ३१ गते । संघीय समाजावादी फोरम र नयाँ शक्तिले मुद्दा छोडकों भन्दै मधेसमा निकै आलोचना भइरहेको बेला नयाँ शक्तिमा आवद्ध दुईजना पत्रकारले आज आफ्नो फेसबुकमार्फत राजिनामा दिनुभएको छ ।

 नेपाल पत्रकार महासंघ केंद्रीय सदस्य समेत रहनु भएका अजय अनुरागी तथा पत्रकार एवं कलाकार घनश्याम मिश्रले राजिनामा दिनुभएको छ ।

संघीय समाजवादी फोरम उपेन्द्रसँग एकता गरी मसाल छाप सहित चुनाव उत्रेका नयाँ शक्तिका दुई पत्रकार अजय अनुरागी र घनश्याम मिश्र आज सामाजिक संजालमा मार्फ़त राजीनामा दिनु भएको छ ।

अजय अनुरागीले आफ्नो फेसबुकमा यस्तो लेख्नुभएको छः

‘म आजबाट कुनै पनि राजनीतिक दल निकट प्रेसको संगठनमा नरहने प्रतिबद्धता ब्यक्त गर्दछु । सुरुमा प्रेस चौतारी,प्रेस सेन्टर र प्रेस सोसाइटीमा थिएँ । अब प्रेस सोसाइटीमा पनि रहने छैन । एउटा स्वतन्त्र पत्रकारको हैसियतमा काम गर्ने छु ।ु

त्यस्तै घनश्याम मिश्रले पनि आफ्नो फेसबुकमा यस्तो लेख्नुभएको छः

‘म आजबाट कुनै पनि राजनीतिक दल निकट प्रेसको संगठनमा नरहने प्रतिबद्धता ब्यक्त गर्दछु । सुरुमा मधेशी पत्रकार समाज, र अहिले प्रेस सोसाइटीमा प्रदेश नंबर २ को सह–संयोजक थिएँ । अब प्रेस सोसाइटीमा पनि नरहने उद्घोष गर्दै छू ।
एउटा स्वतन्त्र पत्रकारको हैसियतमा काम गर्ने छु र समाज को प्रत्येक आरोह अवरोह मा म सदैव साथमा रहने छू ।’
राजपा नेपालले मधेशमा आन्दोलन शुरु गरेको अवस्थामा यी दुईजना वरिष्ठ पत्रकारले राजिनामा दिएपछि तराई मधेशमा चर्चाका विषय बनेको छ । यस्तै गरि अन्य दलमा आवद्ध पत्रकारहरुले पनि स्वतन्त्र भइ दिए कति राम्रो हुन्थ्यो भनि टिप्पणीहरु भइरहेका छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..