» » राजपाका नेताले विष वमन गरिरहेको आरोप

काठमाडौ असार २ गते । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य बीपी यादवले पार्टीभित्रका केही नेताहरुले विष बमन गरिरहेको आरोप लगाउनु भएका छ ।

उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ, राजपा नेपालमा पनि केही नयाँ मौलबी, मौलाना छन्, प्याज यति नै खान थाले छन् । त्यसैले बीष बमन गरि रहेका छन् । बिगत भरिको कुण्ठा अहिले नै निकाल्ने ।’

मधेसमा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका नेताहरु आफ्नो गरिमा ख्यालै न गरि जहर ओकल्ने कार्य गरेको आरोप उहाँले लगाउनु भएको छ ।

झापादेखि कञ्चनपुरसम्म न राजपा नेपालले एक्लै केही गर्न सक्छ न फोरम नेपाल ले, उहाँले अगाडि लेख्नुभएको छ,  फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोजी बीचको बिवाद राजबिराजको बैठकदेखि नै आई रहेको छ । लामोसम्म सँगै गठबन्धनमा बसेर पनि बिबाद समाप्त भएन वा गर्न चाहेन । आखिर फर्सिमाथि चुलेसि खस्छ वा चुलेसि माथी फर्सि आखिर घायल, नोक्सान फर्सि नै हुन्छ ।’

जुन बृक्षमा अत्यधिक फल लाग्छ, त्यही बृक्षमाथि आँख लाग्छ र ढुंगामुढा लठ्ठिले हान्ने गरिन्छ, यदि वृक्ष प्रतिकार गर्न थाल्यो भन्ने के हुन्छ भनि उहाँले प्रश्न पनि गर्नुभएको छ ।

जब पार्टी एकीकरण भयो, मधेशमा एक नयाँ शक्तिको उदय भयो भने धेरैलाई अपच भयो भन्दै उहाँले पार्टी अध्यक्षहरुले आफ्नो व्यक्तव्यमाथि नियन्त्रण र संयमता रख्न जरुरी रहेको पनि सुझाव दिनुभयो ।


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..