–तरुण विजय
भारतीय जनता पार्टीका नेता तरुण विजय राज्यसभाका सांसद हुनुहुन्छ, उहाँ आरएसएसले प्रकाशन गरेको पान्चजनीयका सम्पादक समेत रहि सक्नु भएको छ । भारत उत्तरखण्ड राज्यका निवासी तरुण विजय नेपाल आएको बेला गरिएको कुराकानीमो मुख्य अंशः
तपाई पुरानो पत्रकार पनि हुनुहुन्छ, र अहिले संसदमा पनि हुनुहुन्छ । नेपालको बारेमा तपाई राम्रो जानकार पनि हुनुहुन्छ नेपाल र भारतको सम्बन्धको बारेमा तपाईको टिप्पणी के हुनसक्छ ?
–नेपाल र भारतको सम्बन्धमा कुनै टिप्पणी र विश्लेषणा गर्न सकिदैन त्यस्तो सम्बन्ध रहेको छ । विश्वका कुनै पनि देशको बीचमा यस्तो सम्बन्ध छैन त्यस्तो सम्बन्ध भारत र नेपालबीच रहेको छ । जन्मजन्मान्तर र बेटीरोटीको सम्बन्ध रहेको नेपाल र भारतबीच । १७ सय किलोमिटर भन्दा बढी सिमा हुन्छ र त्यो खुल्ला हुन्छ विश्वमा यस्तो उदाहारण के हुनसक्छ सम्बन्धको । यो सम्बन्ध सँस्कृति, सम्यता र धर्मभन्दा पनि माथि उठेको छ । जुन सम्बन्धलाई हामीले राजनीतिक र कुटनीतिको चश्माले हामी ब्याख्या गर्न सक्दैनौ । र, यो सम्बन्धलाई कसरी दीर्घकालिन बनाउन सकिन्छ त्यो मुख्य कुरा हो । यसलाई दीर्घकालिन बनाउनु मुख्य कुरा आर्थिक विकास नै हो । भुखे भजन नहोइ गोपाला । शरीरमा लुगा नहोस्, पेटमा अन्न नहोस्, टाउको लुकाउने छत (घर) नहोस् भने यो धर्म, कर्म, पुजा पाठ, सम्बन्ध रिश्तेदारी केही चल्दैन । आर्थिक विकासको लागि यस्तो बाटो खोजियोस् कि नेपाल र भारतको विकासले दुई देशको सम्बन्ध अझ बलियो होस् ।
तपाई त भन्नुभयो, नेपाल र भारतबीचको सम्बन्ध जन्मजन्मान्तर तथा बेटीरोटीको सम्बन्ध रहेको छ तर यी दुई देशबीचको सम्बन्धमा बेलाबेलामा उतार चढाव आइरहेका हुन्छन्
यस्तो किन ?
–एउटा परिवारमा पाँच दाजु भाइ हुन्छन्, कुनै भाइको व्यवहारको कारणले ती परिवारको सम्बन्ध पनि उतार चढाव भएको हुन्छ र त्यसलाई स्वभाविक मान्नुपर्छ । यो मात्र सम्भव हुँदैन कि हामीले जे चाहन्छौ त्यही हुन्छ । कतिपय घटनाक्रम हाम्रो हातमा हुँदैन । र त्यसको कारणले सम्बन्धमा उतार चढाव हुन्छ । तर सोचनीय कुरा के हो भने हामी त्यो उतार चढावका कारण पुनः त्यही बाटोमा फर्किन्छौ कि फर्किदैनौ । यहाँ नेपाल र भारतबीचमा सम्बन्धमा त्यस्तो देखिएको छ । सम्बन्धमा जस्तोसुकै उतार चढाव आएपनि हामी पुनः समान्य अवस्थामा फर्किन्छौ यही नै हामीबीचको सम्बन्धको परिपक्कवता हो ।
तपाई भन्नुभयो, एउटा परिवारमा पाँच भाइ भएपछि उतार चढाव भइरहन्छ तर यहाँ कस्तो देखियो भने ज्यादतर भारतले नै नेपालमाथि दवदवा बनाएको हुन्छ किन यस्तो ?
–भारत एउटा विशाल देश हो । भारतले केही गर्छ भने त्यसलाई सञ्चारमध्यममा उचालिएको हुन्छ, अनावश्यक प्रचारित गरेको हुन्छ । यस्ता पनि सञ्चारमध्यम र एजेन्सीहरु छन् जो नेपाल र भारतबीचको सम्बन्धलाई राम्रो दृष्टिलाई हेर्न चाहेका छैन । मैले एउटा कुनै यस्तो कुरा फेला पारेको छैन कि भारतले नेपालमाथि दवाव बनाइरहेको होस् । भारत नेपाललाई त्यही ढंगबाट अगाडी बढाउन चाहन्छ जुन ढंगबाट नेपाल अगाडी बढ्न चाहन्छ । भारतले कुनै कुरामा हस्तक्षेप गर्न चाहेका हुँदैन । नेपाल अगाडि बढ्न चाहन्छ भने भारत त्यसमा सहयोग गर्न चाहन्छ । ठूलो सानो भौगोलिक अवस्थाले तय हुँदैन । नेपाल पनि ठूलो देश हो किन भने यसको दिल ठूलो छ । नेपाल भारतभन्दा कुनै पनि दृष्टिले सानो छैन । मैले नेपालबाट मैले प्रेरणा लिइरहेको छु । नेपालमा यस्ता धेरै कुरा सिक्न लायक छन् । यहाँबाट जनताबाट, यहाँका राजनीतिककर्मीबाट धेरै कुरा सिक्न सकिन्छ जो भारतमा पाइदैन त्यही कारणले पनि म नेपाल पटक पटक आइरहेको हुन्छु ।
नेपाल र भारतबीच सम्बन्ध कोही विगार्न चाहेका छन् भन्नुभयो, तपाईको इशारा कतातिर हो ?
–मेरो इशारा कुनै देशप्रति वा व्यक्तिप्रति होइन तर यस्ता व्यक्ति वा तत्व छन् जो नेपाल र भारतबीचको हित चाहेको छैन । यिनीहरु को हुन् मलाई थाह छैन तर कोही त हुन् जो नेपाल र भारतको बीचको सम्बन्धलाई विगार्न चाहेका छन् । म नेपाल प्रायः रहन्छु । यहाँ हरेक प्रकारका व्यक्तिसँग मेरो चिनाजान र पहिचान छ । उहाँहरुले कहिल्यै पनि कुनै गुनासो गर्नुभएन । जहिले पनि आपसीहित र सम्झादारीको कुरा मात्र गर्नुभयो । एकअर्काको देशप्रति चिन्तित भएको पाए । म त भन्छु नेपालमाथि भारत होइन, इशाइ धर्मालम्बीहरुले बढी दखल दिइरहेका छन् । उनीहरु नेपालको गरिबीको फाइदा लिँदै धर्म परिवर्तन गराउने काम गरिरहेका छन् जो भयानक अवस्था हुँदैछ । नेपालका गरिबलाई जिसेसको नाममा सहयोग गर्नुस् भनि प्रचार नै गरेको हुन्छ उनीहरुले । नेपालका व्यक्ति यस्ता सन्तोषी र धैर्यवान हुन् जो दुईटा रोटी खाएर पनि बाँच्न सक्छ । बाँच्नका लागि गरिबी बेच्दैन । यो दखल र दवावको बारेमा नेपालका जनता बोल्नुपर्छ, त्यसलाई प्रतिकार गर्नुपर्छ । नेपालमा जुन भूकम्प आएको थियो त्यो भारतले निकै सहयोग गर्न चाहेका थिए तर नेपाल सरकारले भन्यो कि पीडितलाई सिधै सहयोग गर्न सक्नुहुन्न । प्रधानमन्त्री राहत कोषमार्फत रकम वा सहयोग जम्मा गर्नुस् त्यसमार्फत सहयोग बाँडिन्छ तर के ति इशाइ धर्म प्रचारकलाई कुनै बन्देज लगायो त ? मलाई लाग्दैन कि उनीहरुमाथि कुनै प्रकारको रोक लगाएको होस् । उनीहरुको धर्मको नाममा निर्वाध रुपमा घुमफिर गरि नेपाली पीडितको फोटो लिएर त्यसको गलत प्रचार गरि धर्मको नाममा पैसा ल्याएर नेपालमा बाँडेको छ । त्यसलाई रोक्ने काम नेपाल सरकारबाट पनि भएन । यस्तो भेदभाव किन ? के यसरी नेपालीको स्वभिमान खतरामा छैन ?
नेपालमा जनस्तरबाट नै एन्टी इण्डियण सेन्टीमेन्ट बढ्दैछ, भारत र पाकिस्तानबीच यदि म्याच हुँदैछ भने ९० प्रतिशत नेपाली पाकिस्तानको पक्षमा हुन्छ र भारतलाई गाली गरिरहेका हुन्छन् यस्तो किन ?
–यसको जवाफ त तपाईले दिनुपर्छ, यसको विश्लेषण नेपालीले नै गर्नुपर्छ हामीले गर्न सक्दैनौ । नेपालको दुखसुखमा कसले साथ दिन्छ, जवाफ आउँछ भारत, नेपालमा सबभन्दा बढी विकास कसले गर्यो जवाफ आउँछ भारत, नेपालमा ट्रमा सेन्टरदेखि विभिन्न कलेज, स्कूल, पुल, मेडिकल सेन्ट, विद्यार्थीलाई छात्रवृति दिने, सडक बनाउन भारत नै हो तर त्यसको विरोध किन यसको जवाफ नेपालले नै दिनुपर्छ । तपाई भारतको कुना कुनामा गएर नेपालको बारेमा सोध्नुस् कहिल्यै पनि नेपालको बारेमा गलत नारा लगाएको छैन । नेपालको बारेमा गलत टिकाटिप्पणी भएको छैन अनि नेपालमा किन यस्तो हुन्छ नेपालले सोच्नुपर्ने हो ।
नेपालको हरेक कुरामा भारतको हात हुन्छ भन्छन्, जस्तो सरकार परिवर्तन, मन्त्री बनाउनु, आर्मी, प्रहरी चिफ परिवर्तन, आदि इत्यादी । यसले गर्दा नेपाली जनता एन्टी भारत हुँदै गइरहेको छ, यसमा तपाई के भन्नुहुन्छ ?
–यदि कसैले भन्यो कि भारतले आफ्नो जमिन हलाएर नेपालमा भुकम्प ल्याई दियो भने तपाई मान्नु हुन्छ ? भारतले आफ्नो देशमा आकाश छोपेर नेपालमा घाम लाग्न दिएन भने तपाई मान्नुहुन्छ ? मान्नु हुन्न नि । कुनै सच्चा नेपाली, स्वभिमानी नेपालीले यो कुरा मान्नै सक्दैन । यदि कसैले आर्मी चिफ, पुलिस चिफ, सरकार परिवर्तनमा भारतको हात हुन्छ भनिरहेका छन् भने त्यो व्यक्ति नेपालको स्वभिमानलाई बेचिरहेको छ । त्यो सच्चा नेपाली नै होइन । यो हुनै सक्दैन । नेपाल आफै सबै कुरामा सक्षम छन् । कतिपय व्यक्ति वा सन्चारमाध्यमले बेकारमा भारतलाई मुछेको हुन्छ । यो वहियात कुरा हो । नेपालका जनताले यहाँका राजशाहीलाई बर्दास्त गर्न सकेन भने अन्य बाहिर हस्तक्षेपलाई कसरी बर्दास्त गर्न सक्छ ।
नेपाली जमिनलाई भारतीय सिमामा मिचिएको छ, कतिपय ठाउँमा क्याम्प बनाइएको छ भने कतिपय ठाउँमा बाँध बाधिएको छ यसकारणले पनि नेपाली जनता भारतप्रति नाकारात्मक हुँदै गएको छ, तपाई के भन्नुहुन्छ ?
–यदि यस्तो गरेको हो भने नेपाल सरकार के हरेर बसेको छ ? भारतले नेपालको जमिन मिचेको छ भने नेपाल सरकारले यसमा चासो लिनुपर्दैन ? यदि नेपालको भूमिमा भारतले क्याम्प खडा गरेको छ भने नेपाल सरकारले के हेरे बसेको छ ? नेपालका प्रधानमन्त्री, मन्त्री र अन्य नेतागण भारत आउँदा यो कुरालाई त्यहाँ किन उठाउँदैन ? यो एकदम गलत कुरा हो । र, तपाईले यस विषयमा प्रश्न पनि गर्नुहुँदैन्थ्यो । तपाईहरुले पनि यस्ता झुठा कुरालाई मिडियामा उठाउनु हुँदैन । भारत एक इन्च जमिन पनि मिचिएको छैन । हामीलाई जमिनको आवश्यकता छैन । भारतको जमिनमाथि चीन र पाकिस्तानको नजर रहेको छ । भारतले दुनियाँभरको व्यक्तिलाई आफ्नो देशमा शरण दिएको छ भने नेपालीको जमिन किन मिच्न जान्छ ।
नेपालको दोस्रो ठूलो दल नेकपा एमाले जसको अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ, अहिले राष्ट्रियतालाई लिएर खासगरि भारतले नेपालमा हस्तक्षेप गर्यो भन्दै त्यसको विरोधमा आन्दोलन नै गरिरहेका छन् नेपालका कुनै ठूला दलले यसरी भारतको विरुद्धमा बोल्नु र आन्दोलन गर्नुको अर्थ के ?
–मलाई त्यस्तो लाग्दैन । भारतको विरोधमा नेपालमा कसैले आन्दोलन गर्न सक्दैन । यदि कसैले त्यस्तो गरेको छ भने त्यो नेपालको अहितमा रहेको छ । जनता त्यसलाई अस्वीकार गर्नेछ । नेपालका जनता नेपालका दलभन्दा बढी बढी बुद्धिमान छन् ।
मधेश आन्दोलन भारतले गराएको आरोप एमालेको छ तपाई वरिष्ठ पत्रकार र भारतका राजनीतिज्ञ पनि यसलाई कसरी बुझ्नु भएको छ ?
–मधेशी नेपाली हो कि होइन, त्यो कुरा मलाई पहिला भन्नुस् । मधेशी यदि नेपाली हो भने त्यसको चिन्ता गर्ने काम नेपाल सरकारको हो भारतको होइन । यदि मधेश कुनै कुरामा असन्तुष्ट छन् भने त्यसको समाधान गर्ने काम पनि नेपाल सरकारको हो भारतको होइन । यो पुरै नेपालको विषयमा हो । हामी सम्पूर्ण नेपालको प्रगति र समृद्धि चाहन्छौ ।
नेपालमा सविधान निर्माण भएको दुई वर्ष हुन लाग्यो, अरु देशहरुले त्यसलाई स्वागत गर्यो तर भारतले अहिलेसम्म गरेको छैन, भन्छन् ‘नोटिस किए है’ कुनै प्रेस रिलिज आएको छैन किन ?
–के भारतले हरेक कुरामा प्रेस रिलिज गर्नु आवश्यक छ ? प्रेस रिलिज गर्दा पनि आपत्ति नगर्दा पनि आपत्ति । सविधानको विषयमा यदि प्रेस रिलिज गर्यो भने तपाईले नै भन्नुहुन्छ कि भारतले हस्तक्षेप गर्यो । नेपालमा जे भइरहेको छ हुन दिनुस् हाम्रो शुभकामना छ ।
भारतले नेपालमा हिन्दु राष्ट्र चाहेको हो कि होइन ?
–नेपाली जनता जे चाहन्छ, त्यही भारतले चाहन्छ । नेपाली जनता खुशी रहन्छन् भने भारतलाई पनि प्रशंन्ता हुन्छ ।

No comments: