» » उपेन्द्र यादवले पार्टी प्रवेश गराएकोलाई राजपा नेपालद्धारा खण्डन

काठमाडौ जेठ १८–राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले तीन महिना पहिले पार्टीबाट निस्काशित गरिसकेका व्यक्तिलाई पार्टीमा भित्र्याएर राजपा नेपालको केन्द्रीय सदस्य भनेर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भ्रम फैलाउने कार्य गरेको आरोप लगाउनु भएको छ ।

हिजो सप्तरीमा फोरम नेपालले केही नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउँदा पुरानो राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य भरत साहलाई राजपा नेपालको केन्द्रीय सदस्य भनि दावी गरिएको थियो ।

यो समाचार सहारा टाइम्सको अनलाइनमा प्रकाशन भएपछि राजपा नेपालका महासचिव केशव झाले भरत साहलाई तीन महिना पहिले नै कारवाही गरि निस्काशन गरिएको तर राजपाको नेता भन्दै उपेन्द्र यादवले मधेशमा भ्रम फैलाउने काम गरेको आरोप लगाउनुभयो ।

जुन व्यक्ति राजपा नेपालमा छँदै छैन त्यो व्यक्तिलाई राजपा नेपालको व्यक्ति भनि प्रचार गरेर जनतामा भ्रम फैलाउने काम फोरम नेपालले गरिरहेको र यस्तो भ्रममा नपर्न उनले आह्वान पनि गर्नुभएको छ ।


यस्तो थियो समाचार

राजपा नेपालका दुई केन्द्रीय सदस्य फोरम नेपालमा प्रवेश    

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..