» » एमालेका उम्मेदवारको घरमा फेला परेको बम निष्क्रिय पारियो

मोरङ, असार १० गते । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा (एमाले) बाट अध्यक्षका उम्मेदवार बन्नुभएका ताराबहादुर काफ्लेको घरमा आज बम फेला परेको छ ।

काफ्लेको घरमा आज बिहान सुतली बम फेला परेको हो । कानेपोखरी–६ स्थित रमाइलो बजारमा रहेको घरको पेटीमा बम देखेपछि स्थानीय बासिन्दाले जानकारी गराएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक राजन कार्कीले बताउनुभयो ।

बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेका कारण विस्फोट भएर क्षति हुन भने नपाएको उहाँको भनाइ छ । प्रहरीले विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले बम राखेको हुनसक्ने आशङ्का गरेको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..