» » चुनावको तयारीमा फोरम नेपालः विभिन्न पार्टी गरि फोरममा प्रवेश


रौतहट जेठ १३ गते । रौतहट जिल्लामा विभिन्न पार्टी परित्याग गरि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीमा प्रवेश गरेका छन् । आज दिनभरि रौतहटमा भएको कार्यक्रममा एमाले, काँग्रेस, माओवादी, राजपा नेपालका बरिष्ठ नेताहरु पनि फोरम नेपाल प्रवेश गरेको सो पार्टीका केन्द्र सदस्यीय योगेन्द्र राय यादवले जानकारी गराउनुभयो ।

गरुडामा आयोजन गरेको कार्यक्रममा एमालेका चर्चित नेता एवं पूर्व गाविस अध्यक्ष राम प्रसाद यादवको नेतृत्वमा ठूलो समुह प्रवेश गरेका छन् भने फतुवामा आयोजित कार्यक्रममा अजय कुमार यादवको अगुवाईमा कांग्रेसका नेताहरु फोरममा आएका छन् ।


साथै प्रमुखस्थल सिनुरनियामा एमालेका नेता एवं पूर्व मुखिया राम एकवाल यादवको अगुवाईमा पाँचसय जनाजतिले फोरम नेपालका सदस्यता ग्रहण गरेको दावी गरिएको छ ।

आन्दोलन संगै बुलेटको जवाफ ब्यालेटबाट दिने उदघोष गर्दै फोरम अध्यक्ष उपेन्द्र यादवले आम उत्पीडित वर्गको अधिकार रक्षार्थ रणनीति रुपमा फोरम नेपाल स्थानीय निकाय मार्फत मधेशी जनताका लागि संघर्ष गर्ने बताउनु भएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..