» » राजपा नेपालले संघीय गबन्धनको नेतृत्व लिँदा सोही पार्टीबाट विरोध



काठमाडौ वैशाख २५ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर  संघीय गठबन्धनको संयोजक बनेकोमा सोही पार्टीका एक नेताले आपत्ति जनाउनु भएको छ ।

राजपा नेपालका केन्द्रीय सदस्य बीपी यादवले आज साँझ आफ्नो फेसबुकमार्फत उपेन्द्र यादवलाई बहुमतबाट जसरी निकालिए भोलि यहि जनजातिहरुले राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई निकालिने तर्क दिनुभएको छ ।

उहाँले भन्नुभयो, हामी हेरिसकेका छौ, संघिय गठबन्धनले वा जनजातिहरुले मधेस आन्दोलमा गरेको सहयोग उपत्यकामा बन्द गरेको प्रभाव । संघिय गठबन्धन राजपानेपालसँग सहकार्य गर्दैमा बहुत बडो उपलब्धि होला जस्तो छैन ।’

जनजाति नेता केही फोरम नेपालतर्फ केही राजपा नेपालतर्फ र अलग अलग प्रेसमिट भइ समाजिक संजाल र मिडियामा लोकदोहरी चल्नु दुर्भाग्यपूर्ण रहेको बताउँदै उहाँले फोरम नेपालको अध्यक्ष उपेन्द्र यादव आफ्नो सुविधा अनुसार संघीय गठबन्धनको निर्माण गरि संयोजक घोषणा गरेको आरोप लगाउनुभयो ।

उपेन्द्र यादव संयोजक भएपछि मोर्चाको तर्फबाट बिवाद देखिएको बताउँदै  राजपा नेपालका नेता यादवले भन्नुभयो, संघिय गठबन्धन र मधेसि मोर्चाको विवाद लामो समय चल्यो, सप्तरीको भारदहमा अलग अलग कार्यक्रम पनि गर्यो, मधेस आन्दोलनमा संघिय गठबन्धनको औचित्यको पुष्टि उपेन्द्र यादवको फोरम नेपालले अहिले समय गर्न सकेको छैन ।’

संघीय गठबन्धनबाट उपेन्द्र यादवलाई कारवाही गरेपछि राजपा नेपालका केही नेता प्रफुलित मुद्रामा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, त्यसको एउटामात्र कारण हो नेपाली मिडिमा फ्रन्ट पृष्टमा छापिएको समाचार ।’
राजपा नेपाल र फोरम नेपालबीच देखिएको विवादले मधेशमा मधेशी नेता तथा कार्यकर्यता निराशा देखिएको छ ।

राजपा नेपालले शुरुवात गरेको एकीकरणको प्रक्रियालाई एक निश्चित बिन्दुमा पुर्याएर मात्र दयाँ बायाँ लाग्नु राजपा नेपालका का अध्यक्ष मण्डललाई उहाँले सुझाव दिनुभएको छ । उहाँले भन्नुभयो, राजपा नेपालमा आबद्ध नेता विभिन्न स्कूलिङबाट आएकालाई एकतामा लानु र एक साथ लामो समय समय राख्नु फलामको च्युरा चबाउनु जस्तै हो ।’

एकता प्रक्रियामा देखिएको पदलोलुलु्प्ता , उच्य महात्वाकांक्षिहरुको सँख्या बढि देखिएको उल्लेख गर्दै उहाँले अध्यक्ष मण्डलको लागि ठूलो चुनौति रहेको बताउनुभयो ।

एकताबाट मधेसमा राम्रो संदेश गएको छ, युवाहरुमा जोस जांगर र अवसर पनि मिल्छ, साथ साथै चुनौति पनि त्यतिकै खाडा छ, उहाँले भन्नुभयो, प्रचण्ड जस्तो कलाकार सत्तामा छन्, राजपा नेपाललाई वार्ताको नाममा आन्दोलनमा पनि जानबाट रोकि रहेको छ । अर्को सरकारले राजपा नेपाललाई चुनावमा पनि जाने वातावरण पनि बनाएन ।’

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..