» » पार्टीभित्र गुटबन्दी गर्ने नेता नै भएमन्त्री, पार्टीभित्र असन्तुष्टि


काठमाडौ वैशाख २६ गते । नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य एवं विद्यार्थीका अध्यक्ष कपलेश्वर यादवले पार्टीबाट सरकारमा पठाएको मन्त्रीको बारेमा आलोचना गर्नुभएको छ ।

जुन व्यक्तिले पार्टी छाडेर हिड्छु भन्दै पार्टीमा गुट बनाए त्यही व्यक्तिलाई मन्त्री बनाएको भन्दै नेता यादवले आपत्ति जनाउनु भएको छ ।

पार्टीका उपाध्यक्ष जितेन्द्र देवतिर इगिंत गर्दै नेता यादवले भन्नुभयो, पार्टीको हितविपरित काम गर्ने नेता कसरी मन्त्री बन्नसक्छ, आश्चर्य लागेको छ, उहाँ केही दिनदेखि पार्टीमा निस्कृय हुनुहुन्थ्यो, कुनै गतिविधिमा सहभागि हुन्न थियो तर उहाँ अचानक मन्त्री बन्नुभयो, यसले पार्टीभित्रका इमान्दार र वफादार नेताहरुलाई आहत भएको छ ।

प्रत्यक्षबाट जितेर आएका पनि नेताहरु छन्, पार्टीमा सक्रिय रहेका पनि थुप्रै नेताहरु छन् तर उहाँहरुलाई किनारा लगाएर मन्त्री बन्न सफल भएको छ, अन्ततः यसले पार्टीलाई असर गर्ने उहाँले बताउनुभयो ।

नेता जितेन्द्र देव समानुपातिक सभासद बन्नका लागि पनि पार्टीमा गुटबन्दी गरेका थिए । अन्त्यमा कहाँ कहाँबाट दवाव दिन लगाएर सभासद् बन्न सफल हुनुभएको थियो । पछिल्लो समय सरकारमा जाने कुरा लिएर उहाँ पार्टीका अध्यक्ष विजयकुमार गच्छदारलाई निकै दवाव दिनुभएको थियो ।

सरकारमा जानका लागि दवाव दिँदै उहाँले जुन मन्त्रालय पाए पनि सरकारमा जानुपर्ने दवाव दिनुभएको थियो । उहाँले त्यसका लागि पार्टीभित्र गुटबन्दी गरेका आरोप पनि छ । तर आज अध्यक्ष गच्छदारले उहाँलाई नै मन्त्री बनाएपछि पार्टीका अन्य नेताहरु छक्क परेका छन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..