काठमाडौ वैशाख २६ गते । सविधान संशोधन नगरि वैशाख ३१ गते चुनाव भइरहेको प्रति राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले गुनासो गर्नुभएको छ ।
आज प्रधानमन्त्री निवासमा सत्तारुढ तथा प्रतिपक्ष दलसँग संघीय गठबन्धनले गरेको छलफलमा राजपाका अध्यक्ष महन्थ ठाकुरले वैशाख ३१ गते हुने पहिलो चरणको चुनावअघि सविधान संशोधन गर्ने कुरा थियो तर त्यो नगरिकन चुनाव गराउन लागेको गुनासो गर्दै संशोधन विधेयक पारित नभएसम्म आफूहरु चुनावमा भाग नलिने स्पष्ट पार्नुभएको थियो ।
त्यसको जवाफमा प्रधानमन्त्री प्रचण्डले विधेयक पारित गराउनका लागि आफूले गरेको प्रयास तपाईहरुबाट लुकेको छैन, आफू अझै प्रयास गर्ने प्रतिवद्धता जनाएको बैठक स्रोतले जनाएको छ । अहिलेको चुनावमा सहयोग गर्नुस्, वैशाख ४ गते बस्ने व्यवस्थापिक बैठकबाट विधेयक पारित गराउने आफ्नो प्रयास हुने प्रतिवद्धता बैठकमा जनाउनु भएको राजपाका नेता केशव झाले जानकारी गराउनुभयो ।
अाज गठबन्धनकाे बैठक बसेर अान्दाेलनकाे कार्यक्रम घाेषणा गर्नेछ ।

No comments: