» » एन्टाको चौथों सम्मेलन सम्पन्न

अमेरिका जेठ १५ गते । अमेरिकास्थित मधेशीहरुको सङ्गठन ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा), को सम्मेलन यही मइ, २६, शनिवार न्यूजर्सीमा सम्पन्न  भएको छ ।
    मधेसका लागि शान्ति र समृद्धि भन्ने मूल नाराका साथ सम्पन्न  सो सम्मेलनमा अमेरिकाको करिब हरेक राज्यमा बसोबास गर्ने मधेसी समुदायको प्रतिनिधिमूलक सहभागिता भएको थियो ।   जसमा एन्टाका संस्थापक नेताहरुदेखि लिएर सधारण व्यक्ति, महिला, युवाहरुको उपस्थिती थियो ।

सो सम्मेलनमा अमेरिकामा रहेका मधेशीहरुको बीच एक आपसमा केकस्ता सहयोगात्मक कार्य गर्नुका साथै आफ्नो भाषा, संस्कृति, रिती रिवाजको संरक्षण र सम्वर्धन  गर्नका लागी केकस्ता सहयोगहरु  गर्न सक्नुका साथै आफ्नो मातृभुमी नेपालमा विगत भन्दा पनि अझ प्रभावकारी र विकासमुलक केकस्ता कार्यक्रमहरु गर्न सकिन्छ भन्ने विषयमा विभिन्न विद्वानहरुले  आफ्नो कार्यपत्र प्रस्तुत गर्नुका साथै आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

मन्त्वय राखने क्रममा नेपालका लागी पूर्व राजदूत स्कोट डेलिस, एलाइन्स फर पिस विलडिगं का पूर्व सभापति चार्ल्स दामवाच, कोरियन एडभोकेन्सीका मैनेजिंग डायरेक्टर जे. डी. किम, प्रमुख अतिथि राघवेन्दर द्विवेदी, एन्टाका संस्थापक सभापति रतन झा, डा. नविन सिंह, डा. उपेन्द्र कर्ण, ललित झा लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो । जुन सम्मेलन एन्टाका सभापति डा. चक्रधर मिश्रको सभापतित्वमा भएको थियो भने संचालन एन्टा सचिव अरविन्द सिंहले गर्नु भएको थियो । जसको आयोजना  न्युयोर्क च्यापटर ले गरेको थियो ।

साथै सो सम्मेलनमा बिभिन्न क्षेत्रमा ख्याति प्राप्त एवम् आफ्नो समुदायका हरेक किसिमका बिकासका लागी सहयोग पुरयाउनु भएका व्यक्ति हरुलाई पुरस्कृत गरिएको थियो ।
  सो सम्मेलनका सह संयोजक एवम् एन्टा न्युयोर्क च्यापटर  का सभापति सुभाष कुमार बैठा अनुसार सम्मेलनमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम जुन मधेश र मधेशीहरुको रहनसहन, भेषभूषा रितीरिवाज, भाषा संस्कृति झल्किने झाँकीहरु समेत प्रदर्शन गरिएको थियो ।

उहाँका अनुसार सो सम्मेलनले  आउदो दुई वर्षका लागी विजय सिहंको नेतृत्वमा नयाँ कार्य समिति पनि निर्वाचित गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष डा. सुबोध मल्लिक, उपाध्यक्ष अरविन्द सिंह, उपाध्यक्ष  सुभाष कुमार बैठा, सचिव इन्द्रदेव साहु, सह सचिव जितेन्द्र ठाकुर, कोषाध्यक्ष मुकेस कर्ण   प्रवाक्ता अपरजिता झा तथा सदस्यहरु  ओम गोइत , खुस्बु मिश्र, मोहन यादव, रतनेश झा , अर्चना कायस्थ् लगायतका व्यक्तिहरु निर्वाचित र मनोनीत गरिएका छन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..