» » एमाले काँग्रेस पार्टी परित्याग गरि फोरममा प्रवेश


सिरहा वैशाख ३१ गते । पहाडका जिल्लाहरुमा स्थानीय तहको पहिलो चरणको भइरहेको बेला उता मधेशमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशमा पार्टी प्रवेश गराउनुभयो ।

राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जनता दल लोकतान्त्रिक परित्याग गरी फोरम नेपालमा प्रवेश गरेको सो पार्टीले जनाएको छ । पहाड केन्द्रीत चुनावमा गएर मधेशको मुद्दा त्यागेको भ्रमलाई चिर्दै आइतवार फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई भने हजारौंको सँख्यामा नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन भ्याइनभ्याई थियो ।

सिरहाको गोलबजार र वरियापट्टीमा छुट्टाछुट्टै आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले नवप्रवेशी नेता कार्यकर्तालाई संघीयता, पहिचान र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न संघर्षका लागि तयार रहन निर्देशन दिँदै टिका लगाएर फूलमालाले स्वागत गर्नुभयो ।

राष्ट्रिय जनता पार्टी सिरहाका प्रभावशाली जिल्ला नेता लालबाबु साहको नेतृत्वमा तीन सय बढी सक्रिय कार्यकर्ता पार्टी प्रवेश गरेका छन् । एमालेका जिल्ला नेता सन्तोष साहको नेतृत्वमा झन्डै आठ सय कार्यकर्ताको ठूलो समूह नै फोरम नेपालमा प्रवेश गरेका छन् ।

एमालेका अर्का चर्चित नेता विजयकुमार महतोको अगुवाईमा तीन सयको संख्यामा सक्रिय कार्यकर्ताको समूह फोरम नेपालको सदस्यता लिएको छ । सोही प्रवेश कार्यक्रममा खौकियाही गाविसका पूर्व अध्यक्ष बालेश्वर यादवको नेतृत्व दुई सयको संख्यामा स्थानीयहरु पार्टीमा आबद्ध भए ।

हाल जेलमा रहेका पूर्वमन्त्री सञ्जय साहकी सासूआमा निर्मला साह पनि फोरम नेपालमा प्रवेश गर्नुभएको छ ।

पूर्व गाविस उपाध्यक्ष बद्री नारायण यादव, जिल्ला नेता सरिता साहले पनि एमाले परित्याग गर्नुभएको छ ।
मधेशी मुक्ति मोर्चाका पूर्व जिल्ला अध्यक्ष चन्दर सिंह र जनता दल लोकतान्त्रिकका केन्द्रीय सदस्य रञ्जीत ठाकुरले पनि उपेन्द्र यादवको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेको शिक्षक फोरमका केन्द्रीय सदस्य श्याम नन्दन यादवले जानकारी दिनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..