» » माग पूरा नभएसम्म चुनावमा नजाने झाको अडान

काठमाडौ जेठ १–राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मोर्चाले उठाएका मागहरु पूरा भए दोस्रो चरणको निर्वाचनमा आफूहरु सहभागी हुने बताउनुभयो ।

यद्धपी उहाँले यसका लागि सरकारले चारवटा मागहरु पूरा गर्नुपर्ने बताउनुभयो ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्नु हुँदै उहाँले संविधान संशोधन प्रस्ताव पारित हुनुपर्ने, बन्दी रिहाई, मुद्दा फिर्ता गर्नुपर्ने र स्थानीय तहको संख्या वृद्धि गर्नुपर्ने लगायतका माग पूरा भए मात्र चुनावमा भाग लिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी दोस्रो चरणको निर्वाचनमा भाग लिन आँतुर छौं, तर मागहरु सम्बोधन हुनुपर्छ ।’
दोस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन पारित नभए निर्वाचन नजाने भनेर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भन्नु भएको छ नि भनि पत्रकारले सोधेको एक प्रश्नमा झाले भन्नुभयोे, ‘पहिलो चरणको निर्वाचनमा भाग लिने अनि दोस्रो चरणमा यो नभए जान्न भन्नु कत्तिको सुहाउँछ र ?’
उहाँले उपेन्द्र यादवले संशोधन प्रस्ताव पारित नभए दोस्रो चरणको निर्वाचनमा भाग लिन्न भन्नु पाखण्डपन भएको आरोप लगाउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..