काठमाडौ वैशाख २५ गते । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव दोश्रो चरणको निर्वाचन र संघर्ष दुवैका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
पर्साका वीरगञ्जमा फोरम नेपाल तराई मधेस प्रदेश समितिको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष यादवले प्राप्त उपलब्धीलाई बचाउन र बाँकी अधिकार प्राप्त गर्न चुनाव र संघर्ष दुवैको लागि तयार रहन आवहान गरेका हुन् ।
अध्यक्ष यादवले फोरम नेपाल पार्टीलाई बदनाम गर्ने मोर्चाको औचित्य खत्म भयो, फोरम नेपाल चुनावमा भाग लिएर धोखा दियो भने भ्रामक प्रचारप्रसार राजपा लगायतका केही दलहरु गरिरहेको भन्दै त्यस्तो भ्रममा नपरी आफ्ना त्यारी तीब्र रूपमा आगाडी बढाउन निर्देशन समेत दिनुभयो ।
प्रदेश समितिका सचिव शेशनारायण यादवको अध्यक्षतामा सम्पन्न सो विचार गोष्ठीमा वरिष्ठ नेता अशोक राई ,उपाध्यक्ष लालबाबू राउत सहितका नेताले पनि आआफ्नो बिचार राख्नु भएको थियो ।
सो कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य, राज्य समिति सदस्य, प्रदेश समिति सदस्य लगायतका नेताहरुको सह्भागिता थियोे ।

No comments: