» » फोरम नेपाल भर्सेज–‘अल’

–प्रदीप यादव
  अहिले एकातिर संघीय समाजवादी फोरम नेपाल तथा अर्कोतिर छ पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाल रहेको देखिन्छ । अर्थात फोरम नेपाल भर्सेज अल पार्टी जस्तो भएको छ । फोरम नेपालका लागि यो सुखद पक्ष हो । जब कसैको विरोध हुन्छ भने बुझ्नुस् त्यो शक्तिशाली भयो ।

मुल प्रवाहका शासक दलहरुले देशमा मधेशको बलियो राजनीतिक हैसियतलाई गलाउन शक्ति एकिकृत पारेर मधेस विरुद्ध लागेको देखियो । शक्तिको विरुद्ध पो शक्ति लाग्छ, शुन्यमा कसैले बल लगाउदैन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र जस्ता पार्टीले संविधान निर्माण प्रक्रियादेखि हालसम्म शुन्यको विरुद्ध शक्ति लगाएका होइनन्, एउटा शक्तिको विरुद्ध बल लगाएका हुन् ।

संविधानको आत्माको लोकतान्त्रिकरण निहित रहेको चरणबद्ध मधेस आन्दोलनले के दियो वा दिएन भन्ने प्रश्नबीच कमसे कम यसले देश र मधेसका राजनीतिको पुरानो सबै समिकरणलाई भत्काएर नयाँतिर डोर्याएको बेहिचक भन्न सकिन्छ । आन्तरिक उपनिवेश चरित्रको व्यवहारको प्रतिस्थापन र स्वाधिकारको उत्प्रेरणा पनि कायम गरेको छ । मधेस मुद्दाको स्थापना यस स्तरमा बसालेको छ जसलाई नजरअन्दाज गरी देशको राजनीति अगाडी बढ्न सक्दैन् ।

र, मधेस पक्षधर दलहरुको भुमिकालाई मुल्यांकन नगरी राजनीतिक विश्लेषण अपुरो ठहरिने छ ।
अहिले संघीय समाजवादी फोरम नेपाल र ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) तथा मधेशमा पहिलेदेखि भोट बिर्ता कायम गर्दै आएका दलहरुको भुमिका र आउदा तीन तहका निर्वाचनले कायम गर्ने उनीहरुको हैसियतबारे राजनीकि चर्चाहरु केन्द्रीत छ ।

ताजा अवस्थामा के देखिएको छ भने फोरम नेपाल विरुद्ध अरु सबै राजनीतिक दलहरु, उनीहरुका समर्थकका मिडिया तथा नागरिक क्षेत्रका मानिसहरुले खुलेर निशाना लगाइ रहेका छन् । फोरम बिरुद्ध ओक्लिएको तर्क–कुतर्कले विद्युतीय सामाजिक संजालहरुको भित्ता भरिभराउ छ । विभिन्न उद्देश्य र शैलीका अनलाईनहरुमा पनि फोरम लक्षित सामग्रीहरु बढेका छन् । आचानक फोरमसँग सबैले किन सिहजुधाई गर्न खोजीरहेका छन् ? आखिर ‘फोरम भर्सेज अल’ को अवस्था किना आयो त ?

जवाफ सजिलै खोज्न सकिन्छ । पहिलेदेखि संगठन, जनाधार र राजनीतिक दवदवा रहेको फोरमले मधेशमा प्रभावशाली किसिमले आफुलाई विस्तार र विकास गर्दै लगेको छ । राजनीतिको मुलधारमा आउन खोज्ने सामाजका प्रभावशाली र महत्वपूर्ण व्यक्तिहरुको पहिलो रोजाई बन्न पुगेको फोरम नेपाल ।

६ दल एकिकृत हुँदा पनि फोरमलाई एकातिर राखेर मात्र राजपाको शक्ति आँकलन गरिदैछ । यसले गर्दा एकातिर मधेशमा भोटविर्ता राख्दै आएको काँग्रेस, यसको पुरानो अंसियार एमाले र नयाँ अंसियार माओवादीले आफ्नो विर्ता खोसिएको महसुस गर्दैछन् । अर्कोतिर राजपालाई स्थापनाको चुनौति बढेको छ । उता जनजाति शक्तिलाई र पश्चिमको खसलाई समेत समेटेर अगाडी बढेको फोरमको दखल पहाडमा पनि रह्ने अशंकाले उसलई निशानामा पुर्याएको छ ।

राजपामा महन्थ ठाकुरजस्ता अनुभवी र आधादर्जनभन्दा बढी अरु नेताहरु छन् । भविष्यका लागि सबैको राजनीतिक हैसियत आगामी चुनावहरुले तय गर्ने छन् । उसो त पहिलेदेखि नै मधेसका दलहरुमा एकिकरणको प्रयास हुँदै आएको थ्रेसहोल्डको प्राविधिक दवावले सम्भव बनाई दिएपछि आ–आफ्ना दललाई एउटै संयुक्त पार्टी बनाउनमा बाध्य बनाएको छ ।

एकीकृत भएर मैदानमा उत्रिएको बेला ति नेताहरुको संयुक्त र व्यक्तिगत राजनीतिक हैसियतकोे सवाल कम गम्भीर छैन उनीहरुका लागि ।

यस्तोमा मुख्य प्रतिस्पर्धी फोरम निशानामा पर्नु स्वभाविक हो । मधेसलाई अधिकार र राज्यको शक्तिमा बराबरको साझेदारी र सहकार्य खोज्दैछ । यस्तोमा यहाँका राजनीतिक दलहरुमा स्वस्थ्य प्रतिस्पर्धाको आपेक्षा भने आम समुदायको छ । फोरम नेपाल चुनावमा गएको छ, त्यो पनि पहलो चरणमा । मधेशको विशेष सरोकार भएको दोस्रो चरणको चुनावमा गएको छैन । फोरम नेपालका पार्टी अध्यक्ष उपेन्द्र यादवले भनिसक्नु भएको छ कि सविधान संशोधन नभएसम्म दोस्रो चरणको चुनावमा जाँदैनौ ।

यद्यपी पहाडी क्षेत्रको चुनावमा भाग लिएपनि मधेशमा त्यसको कुनै असर गर्दैनन् तर मैले यहाँ भन्न खोजेको कुरा यदि फोरम नेपाल चुनावमा गयो भनि डाह गर्ने दलहरुले पनि पहाडमा चुनाव लडेर देखाइ दिए हुन्छ । पहाडमा उम्मेदवार सम्मेत नपाउने दलहरु यसरी डाह गर्नुको कुनै तुक छैन । अहिलेको आवश्यकता मधेशीको अधिकार कसरी प्राप्त गर्ने त्यसका लागि मिलेर जाउँ हो ।

राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्ने क्षेत्रीय शक्तिहरुको सशक्तिकरण पनि अबको नेपालको ऐतिहासिक राजनीतिक आवश्यक्त हो ।
(यादव फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष हुनुहुन्छ)

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..