काठमाडौं, जेठ १० गते । नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले नेपाल–भारत सम्बन्ध अत्यन्तै सुमधुर रहेकोले आगामी दिनमा पनि सम्बन्ध झनै मजबुद हुने स्पष्ट पार्नुभएको छ ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा राजदुत पुरीले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अत्यन्तै सुमधुर रहेको बताउँदै आगामी दिनमा पनि सम्बन्धलाई थप मजबदुत बनाउँदै लैजानुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल–भारत सम्बन्ध अत्यन्तै सुमधुर छ, युगौंदेखि यो सम्बन्ध सुमधुर छ, सामाजिक, साँस्कृतिक, आर्थिक, धार्मिक रुपमा पनि द्धिपक्षीय सम्बन्ध सुमधुर छ, आगमी दिनमा सम्बन्ध झनै बलियो र प्रगाढ हुन्छ ।’
राजदुत पुरीले भन्नुभयो, नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध मात्र होइन, आजको आधुनिक युगमा आर्मड फोर्सेसकावीचमा पनि हामीहरुवीच इन्टर्याक्सन भैरहेको छ ।’ उहाँले नेपाल र भारतवीचपनि संयुक्त सैन्य अभ्यास भइरहेको बताउनुभयो ।
उहाँले हालै भारतमा मारिएका दुई जना गोरखा सैनिकको निधनमा दुःख व्यक्त गर्दै एक अर्कामा नेपाल र भारत सँधै सहयोगी बन्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘हामी एक कठ्ठा छौं ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो विदेश भ्रमण नै नेपालमा गरेको उल्लेख गर्दै राजदुत पुरीले भन्नुभयो, ‘हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा पहिलो ओभरसिज भिजिट नेपालमा गर्नुभयो, त्यसपछि नेपाल र भारतवीच द्धिपक्षीय उच्च भ्रमणहरु लगातार भैरहेका छन, यो अत्यन्तै राम्रो हो ।’ उनले पछिल्लो ६ महिनामा नेपाल–भारतवीच ६ वटा उच्चस्तरीय भ्रमणहरु भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यी भ्रमणहरुले पनि जनाउँछन् कि नेपाल–भारत सम्बन्ध अत्यन्तै निकट र सुमधुर छ, यस्तो भिजिट विश्वमै कम हुन्छ ।’
नेपालको विकासमा भारतको ठूलो सहयोग रहँदै आएको कुरा उल्लेख गर्दै उहाँले पछिल्लो समय भारतले नेपाललाई भुकम्पपछिको पूर्ननिर्माणमा दिने भनेर घोषणा गरेको एक विलियन युएस डलरमध्ये २५० मिलियन दिईसकेको र अब ७ सय ५० मिलियन डलर लाईन अफ क्रेडिटमा रहेको बताउनुभयो ।
उहाँले भारतले नेपालमा रेल–वे लिंक, जलबिद्युत्त, रोड, कन्स्ट्रक्सन, कनेक्टिभीटी, ईन्ट्रिगेटेड चेकपोष्ट लगायतका ठूला–ठूला परियोजनाहरु सञ्चालन गरिरहेको समेत जानकारी दिनुभयो ।
त्यस्तै उहाँले नेपाल–भारतबीच जनस्तरमा पनि उतिकै प्रगाढ सम्बन्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘द्धिपक्षीय सम्बन्ध अत्यन्तै सुमधुर गतिमा अघि बढेको छ, नेपालले पछिल्लो समय ७ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गरेको छ, यो भन्दा पनि अझै धेरै आर्थिक वृद्धि हुन्छ ।’
राजदुत पुरीले नेपालमा विकासले गति लिएको आफूले समेत प्रत्यक्ष अनुभव गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा विकास भएको छ, यतिका गाडीहरु र मोटरसाईकलहरु मैले देखें, यो पनि एउटा संकेत हो ।’ उहाँले भारत नेपालको एक असल मित्रराष्ट्र, पार्टनर र शुभ चिन्तक भएको नाताले नेपालले सँधै स्थायित्व र समृद्धि हासिल गरोस् भन्ने चाहना रहेको स्पष्ट पार्नुभयो ।
भारतले पनि उच्च आर्थिक वृद्धि हाँसिल गरेको सुनाउँदै राजदुत पुरीले भन्नुभयो, ‘भारतले विश्वकै तिव्र आर्थिक वृद्धि हाँसिल गरेको छ, हामी चाहन्छौं हाम्रो आर्थिक वृद्धि अझै तेज गतिमा अघि बढोस्, नेपालको पनि आर्थिक वृद्धि भएको छ, यसलेपनि देखाउँछ कि अहिले यो जबरजस्त विन विन सिच्युएशन छ ।
त्यस्तै राजदुत पुरीले प्रधानमन्त्री नरेन्द्र मोदी आएपछि भारतले लुक ईस्ट पोलीसीलाई सार्पर फोकस गरेको जनाउनुभयो । उहाँले भन्नुभयो, ‘लुक एट ईण्डिया एज अ कोलोनाईजेशन, अभियस्ली लुक ईस्ट ईज नट सफिसियन्ट, टाईम ईज एक्ट ईस्ट, तर हाम्रो लागि छिमेकी महत्वपूर्ण छ ।’ उहाँले भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाललाई विशेष महत्व दिएको विश्वास दिलाउनुभयो ।
नेपालको चुनावलाई लिएर भारतको के छ प्रतिक्रिया भनेर पत्रकारले सोधेको प्रश्नमा उहाँले नेपालको राजनीतिक विषयमा आफूले कुनै पनि टिप्पणी नगर्ने भन्दै भन्नभयो, नेपालको राजनीतिक विषयमा राजदुतले टिप्पणी गर्न मिल्दैन, म यसमा कुनै पनि टिप्पणी गर्दिन् ।’

No comments: