काठमाडौ जेठ ११ गते । राष्ट्रिय जनता पार्टी नेपालले आज आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ ।
हिजो दिनभरि बसेको राजपाको बैठकमा आन्दोलनमा जाने कि चुनावमा जाने विषयमा व्यापक छलफल भयो तर राजपा नेपालकै केही नेताले प्राप्त उपलब्धीलाई रक्षा गर्दै चुनावमा जाने र संघर्षलाई पनि जारी राख्ने तर्क गर्नुभएको थियो भने केहीले चुनावमा जानु पर्ने तर्क राख्नु भएको थियो ।
अन्त्यमा सरकारलाई दवाव दिनका लागि भए पनि आन्दोलन घोषणा गर्नुपर्ने धारणाहरु आएपछि सम्भवतः आज पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा हुने बताइएको छ । यद्यपी नेताहरुको बीचमा पूर्ण सहमति बनिसकेको छैन ।
आज ११ बजे राजपाको बैठक छ, राजपाको बैठकपछि संघीय गठबन्धनको बैठक बसेर आन्दोलनको कार्यक्रम तय गर्ने बताइएको छ । यी दुई बैठकमा आन्दोलनको विषयमा सहमति भए पत्रकार सम्मेलन गरेर घोषणा गरिने बताइएको छ ।

No comments: