» » मलको अभाव नहुने


कैलाली, वैशाख ३० गते । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले यस वर्ष मलको अभाव नहुने बताएको छ ।

कार्यालयमा मल मौज्दात रहेको र जेठ महिनाको पहिलो साता थप मल जिल्लामा भित्रिन लागेकाले मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयका प्रमुख दुर्गाप्रसाद जोशीले जानकारी दिनुभयो ।

यस वर्ष वर्षेबालीका लागि चार सय चार मेट्रिक टन युरिया बिक्री वितरण गरेको र दुई सय ९६ मेट्रिक टन युरिया मौज्दात रहेको उहाँले बताउनुभयो । त्यस्तै पाँच सय ३२ मेट्रिक टन डिएपी बिक्री वितरण गरिएकामा सात सय २२ मेट्रिक टन मौज्दात रहेको छ । करिब २३ मेट्रिक टन पोटास बिक्री वितरण गरिएकामा तीन सय ५१ मेट्रिक टन मौज्दात रहेको कार्यालयले जनाएको छ ।

“एक हजार तीन सय ६९ मेट्रिक टन मल मौज्दात छ,” कार्यालय प्रमुख जोशीले भन्नुभयो । कैलालीमा एक सय ९३ सहकारी मार्फत मल वितरण गरिँदै आएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..