» » घुस लिएको अभियोगमा नासु दाहाल पक्राउ

इटहरी, वैशाख २५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पूर्वाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले आज कोसी अञ्चल यातायात व्यवस्था कार्यालयका नायब सुब्बा विनोद दाहाललाई सेवाग्राहीबाट रु आठ हजार घुस लिँदालिँदैको अभियोगमा नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीबाट घुस लिइरहेका बेला आयोगका ओम खनालको नेतृत्वमा पुगेको टोलीले उनलाई थलोबाटै पक्राउ गरेको अभियोग लगाइएको छ । घुस लिने बहानामा उनले तीन दिनदेखि सेवाग्राहीको काम रोकेको बताइएको छ । अभियुक्त दाहालमाथि आयोगको टोलीले सोधपुछ र अनुसन्धान गरिरहेको आयोगका पूर्वाञ्चल प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..