» » संघीय गठबन्धनले आन्दोलनमा यसरी गरे संशोधन


संघीय गठबन्धन

                                
           प्रेस–विज्ञप्ति           मितिः–२०७४–२–१७

राजपा नेतृत्वको संघीय गठबन्धनद्वारा गठबन्धनले अगाडी सारेको जनताको माँगहरु सम्बोधन गरी निर्वाचनको उपयुक्त वातावरण बनाएर मात्र निर्वाचनको कार्यक्रम अगाडी बढाउनु पर्ने अडानका साथ २०७४ जेष्ठ ३१ गतेको दोस्रो चरणको निर्वाचन कार्यक्रमलाई दृष्टिगत गर्दै आन्दोलन घोषणा गरिएको र आन्दोलनका विभिन्न कार्यक्रमहरु सफलता पूर्वक सम्पन्न भएको तथ्य विदितै छ ।

यसै विच दोस्रो चरणको निर्वाचनको मिति सरकारवाट २०७४ असार १४ गतेको लागी पूनः निर्धारित गरिएकोे र यसवाट मुस्लिमहरुको रमजान महिना भरिको पवित्र रोजा ब्रत एवं ईद पर्व प्रतिको हाम्रो संवेदनशीलता समेत सम्बोधन भएको छ । यसलाई हामीले सकारात्मक रुपमा ग्रहण गरेका छौं ।

दोस्रो चरणको घोषित निर्वाचन मिति, उम्मेदवारी दर्ता लगायतका कार्यक्रमहरु परिवर्तित गरि निर्वाचनको नयाँ मिति समेत तय गरिसकिएको वर्तमान अवस्थामा आम जनताको कठिनाईलाई ध्यानमा राख्दै संघीय गठबन्धनले २०७४ जेष्ठ १७ गतेको लागी घोषित मसाल जुलुश र २०७४ जेष्ठ १८ एवं १९ गतेको लागी पूर्व घोषित मधेश, थरुहट र लिम्बुवान बन्दका कार्यक्रमहरु स्थगित गर्ने निर्णय गर्दै आन्दोलनको स्वरुप निम्नानुसार परिवर्तन गर्ने निर्णय गरेको छ ।

आन्दोलनका कार्यक्रमहरुः–

 जेष्ठ १८–२१ गते—प्रत्येक गाँउ, टोल, वडा, गाँउपालिका, नगरपालिका स्तरमा आन्दोलन परिचालन समिति गठन गर्ने र गठित समितिवारे जिल्ला अध्यक्ष मंडलको संयोजकलाई जानकारी पठाउने ।

 जेष्ठ २२ गते—  सबै गाँउ, टोल, वाडामा आन्दोलन परिचालन समितिको बैठक र अन्तरक्रिया गरी आन्दोलन सफल बनाउनका लागी रणनिती बनाउने ।

जेष्ठ २३ गते—  आन्दोलन सशक्त र सफल बनाउने सम्बन्धमा सबै गाँउपालिका र नगरपालिकाको आन्दोलन परिचालन समितिको बैठक तथा अन्तरक्रिया गर्ने र गाँउ, टोल र वडाबाट बनाइएको कार्यक्रम समेतलाई दृष्टिगत गरी अर्को चरणको आन्दोलनको सशक्त र ठोस कार्यक्रम बनाउने ।

जेष्ठ २४ गते — सबै गाँउपालिका एवं नगरपालिकाको कुनै एक स्थानमा विशाल विरोध सभाको आयोजना गर्ने ।

जेष्ठ २५ गते — मधेश÷थरुहट÷लिम्बुवानमा दिनको १ बजे देखी ३ बजे सम्म (२ घण्टा) चक्का जाम ।

आन्दोलनको घोषित कार्यक्रमको अबधी भित्र पनि सरकारले संविधान संशोधन, मुद्दा र्फिता र स्थानिय तहको संख्या जनसंख्याको अनुपातमा बढाउने लगायतका हाम्रा माँग सम्बोधन गरी गठबन्धनको घटक दलहरु समेतलाई निर्वाचनमा जाने वातावरण वनाउने काम नगरेमा आन्दोलन र संघर्षको थप, सशक्त र कडा कार्यक्रम ल्याइने छ ।

                                                               .....................
     महन्थ ठाकुर
 संयोजक


About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..