» » देवले पर्यटन, गोपाल भूमी र स्थानीय गच्छदार मन्त्रालय सम्हाले


काठमाडौं, वैशाख । नेपाल लोकतान्त्रिक फोरम पार्टीबाट प्रचण्ड नेतृतवको सरकारमा अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्री सहित तीनवटा मन्त्रालय पाएका छन् ।
स्थानीय तथा उपप्रधानमन्त्रीमा उनी आफै गएका छन् भने

भूमिसुधार तथा पर्यटन मन्त्रालय सोही दलका उपाध्यक्ष जितेन्द्र देवले सम्हाल्ने छन् भने भूमिसुधार मन्त्रालय गोपाल दहितले सम्हाल्ने छन् ।

गोपाल दहित केही दिन पहिले मात्र विजयकुमार गच्छदारसँग पार्टी एकीकरण गरेका थिए ।
उनी थरुहट प्रदेशका लागि आन्दोलन गर्दै आएका थिए । गच्छदारसँग एकीकरण गर्नुअघि उनी संघीय गठबन्धनमा पनि सहभागि थिए ।

जितेन्द्र देव यसअघि पनि सरकारमा जानका लागि पार्टीलाई दवाव दिँदै आएका थिए । सरकारमा नगएको भनि उनीले पार्टीमा गुटबन्दी पनि गरेका थिए । जस्तोसुकै मन्त्रालय पाएपनि सरकारमा सहभागि हुनुपर्ने दवाव पार्टी अध्यक्षलाई दिएको कारण उनी र अध्यक्ष गच्छदारबीच केही दिन मनमुटाव भएको थियो ।  

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..