» » राजपा नेपालमा असन्तुष्टि !

काठमाडौ वैशाख २२ गते । राष्ट्रिय जनता पार्टी नेपालभित्र असन्तुष्टिको शुरुवात भएको छ । पछिल्लो समय पार्टीभित्र भएका पदवृद्धिले गर्दा थुप्रै नेताहरुले असन्तुष्टि जनाएका छन् ।

मधेशका छ वटा दल मिलेर राजपा नेपाल बनाएको छ । एकीकृत हुनुअघि ती छ दलको सांगठनिक पदहरुको जुन अवस्था थियो अहिले त्यसमा धेरै फरक परेको छ । एकीकृत हुन थालेपछि ती दलहरुले आआफ्ना पार्टीभित्र विभिन्न पदमा कसैलाई पदोन्नति गरेको छ भने कुनै पदमा नयाँ मान्छेलाई ल्याएर राखेका छन् ।

उपाध्यक्ष, महासचिव, सहमहासचिव, कोषाध्यक्ष, प्रवक्ता, सचिवलगायतका पदमा वृद्धि भएको छ । त्यो अनावश्यक वृद्धि हो भनि नेताहरुले भन्न थालेका छन् । अहिले पदको वृद्धि गरेको छ तर पछि त्यसलाई व्यवस्थापन गर्न गाह्रो हुने कुरालाई पनि ख्याल गर्नुपर्ने धारणा नेताहरुले राखेका छन् ।

राजपा नेपालका नेता सन्तोष मेहताले आज आफ्नो असन्तुष्टि आफ्नो फेसबुकमार्फत व्यक्त गर्नुभएको छ । उहाँले पार्टीमा पद परित्याग गर्ने मनस्थितिमा रहेको कुरा आफ्नो फेसबुकमा लेख्नुभएको छ ।
हामीले उहाँलाई सम्पर्क गर्दा भन्नुभयो, सबै पार्टीले जुन प्रकारले आआफ्ना पार्टीमा पदको वृद्धि गरेको छ त्यसमा मेरो चित्त बुझेको छैन ।’


About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..