» » राजपा नेपालका नेता फोरम नेपालमा प्रवेश


रुपन्देही वैशाख २६ गते । संघीय समाजवादी फोरम नेपालले स्थानीय तहको चुनावमा सहभागी भएपछि उत्पन्न भ्रम चीर्न तथा भावी रणनीति तय गर्न तराई थरुहट समिति अन्तर्गत आठ जिल्लाका शीर्ष नेताहरुलाई वर्तमान राजनीतिक विषयमा प्रशिक्षण दिनुभएको छ ।

तराई थरुहट समितिको आयोजना भएको प्रशिक्षण कार्यक्रममा चितवनदेखि कञ्चनपुरसम्मका  पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय परिषद्, प्रदेश समिति सदस्य र जिल्ला अध्यक्षहरुको विशेष सहभागिता रह्यो ।

रुपन्देहीको लुम्बिनीमा आज आयोजित एक दिवसीय प्रशिक्षण गोष्ठीमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष लालबाबु राउत र उपमहासचिव अभिषेकप्रताप शाह लागतयको उपस्थिति रहेको थियो ।

यसअघि हिजो सोमबार वीरगञ्ज र आइतबार सिरहाको लहानमा फोरम नेपालले प्रदेश स्तरिय प्रशिक्षत भेला सम्पन्न गरिसकेको छ ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी रुपन्देहीका जिल्ला सदस्य एवं कमहरिया गाउँ पालिका पूर्व उपाध्यक्ष हरिकुमार चौधरी, रुपन्देही जिल्लाको क्षेत्र नं.७ का क्षेत्रिय सदस्य अशोक लोध पार्टी परित्याग गरी संघीय समाजबादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

परिमार्जनसहित संविधान संशोधन गर्ने सर्तमा पहाड केन्द्रीत तीनवटा प्रदेशमा उम्मेदबारी दिएर पहिलो चरणको चुनावमा होमिएको फोरम नेपालले मधेशको मुटु मानिने लहानमा आयोजना गरेको शीर्ष बैठकलाई अत्यन्तै महत्व र चासोका साथ हेरिएको छ ।

फोरम नेपालले स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो चरणको चुनावका लागि पहाडमा उम्मेदबारी दिएपछि त्यसको आवश्यकता, औचित्य र तयारीका लागि मधेश केन्द्रीय प्रशिक्षणको आयोजना गरेको बताइएको छ ।

पछिल्लोसमय विकसित राजनीतिक परिस्थितिको सामना गर्न पार्टीलाई झन् सुद्दढ, संगठित, चुस्त दुरुस्त र नेतृत्वपंक्तिलाई अझ प्रभावकारी ढंगले परिचालन गर्न शीर्ष नेताहरुको उपस्थितिमा प्रदेश स्तरिय प्रशिक्षण दिइएको हो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..