काठमाडौ वैशाख १९ गते । युवा नेता सुरेशकुमार मण्डललाई तराई मधेश लोकतान्त्रिक पार्टीले सहमहामन्त्रीमा मनोनित गरेको छ ।
महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनित हुनभएका मण्डल पार्टीको मूल्यांकनप्रति असन्तुष्टि जनाउँदै आउनु भएको थियो ।
उहाँले पार्टीलाई समावेशी बनाउनु पर्छ भनि पटक पटक पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउनु भएको थियो ।
यद्यपी मधेशका छ पार्टीबीच एकीकरण हुनुपूर्व उहाँलाई सहमहामन्त्रीमा पार्टीले मनोनयन गरेको छ ।
विद्यार्थीकालबाट राजनीतिकमा सक्रिय रहनु भएका नेता मण्डलले फोरम नेपाल हुँदै तमलोपामा आउनु भएको हो । उहाँ फोरम नेपालमा पनि विद्यार्थीका अध्यक्ष हुनुहुन्थ्यो भने तमलोपामा पनि लामो समयसम्म विद्यार्थीको अध्यक्ष भएर काम गर्नुभयो ।
अँग्रेजी विषयमा मास्टर गर्नुभएका सिरहा निवासी मण्डलले राजनीतिकलाई पूर्णकालिन क्षेत्र बनाउनु भएको छ । मधेशको अधिकारका लागि निरन्तर संघर्ष गर्दै आउनु भएका मण्डलले सविधान संशोधन नभएसम्म चुनावमा जानु भनेको मधेशीलाई धोका दिनु हो त्यसलै मधेशीको हक अधिकार सविधान संशोधनबाट मात्र सुनिश्चित हुने भएकाले चुनावका लागि नहडबडाउन पार्टी पंक्तिलाई सुझाव दिनुहुन्छ ।
एकीकृत पार्टी राष्टिय जनता पार्टीको केन्द्रीय समितिको एकता भेलामा भेट हुनुभएका नेता मण्डलले २० वर्षसम्म देशमा चुनाव हुन नदिने नेपाली काँग्रेस, एमालेले नै हो आज मधेशीले आधिकार माग्दा चुनावको बहाना गर्दा नसुहाएको आरोप लगाउनुभयो ।
यतिका दिनसम्म चुनाव हुँदा केही विग्रिएन दुई चार महिना अझै चुनाव नहुँदा केही नविग्रिने बताउँदै राजपा नेपालका नेता समेत रहनु भएका उहाँले भन्नुभयो, चुनाव त मधेशमा हुन्छ तर यो अवस्थामा हुँदैन, मधेशी अधिकार सम्पन्न भएपछि मात्र चुनाव हुन्छ ।
मधेशको राजनीतिक अब नयाँ ढंगबाट अगाडि बढी रहेको बताउँदै राजपा नेपालबाट मधेशी जनताले निकै अपेक्षा गरेको पनि उहाँले बतानुभयो ।

No comments: