» » गच्छदार शपथ लिँदै, मोर्चा किन मौन ?


काठमाडौं, वैशाख २५ गते । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छदारले स्थानीय तथा उपप्रधानमन्त्रीमा आजै
 सपथ खानु हुनेछ ।
पर्यटन र भूमि मन्त्रालय समेत पाउनु भएका गच्छदारले सो मन्त्रालयमा कसलाई लग्ने बारे टुगों लागेको छैन । आज ५ः३० वजे सपथ लिने उहाँका स्वकीय सचिव कन्हैयाले जानकारी गराउनुभयो ।
विहान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेर आएपछि उहाँले पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आजै केन्द्रीय सम्पादन समिति र संसदीय दलको बैठक बोलाउनु भएको थियो ।
सोही बैठकले पार्टीलाई सरकारमा लैजाने निर्णय भएको बताइएको छ ।
यसअघि पनि उहाँ सरकारमा जानका लागि पटक पटक प्रयास गर्नुभएको थियो । तर मधेशी मोर्चाका कारण उहाँ जान सक्नु भएको थिएन ।
सरकारमा लिन प्रधानमन्त्री प्रचण्ड पनि तयार हुनुहुन्थ्यो तर मधेशी मोर्चाका दवावका कारण प्रचण्डले गच्छदारलाई सरकारमा सहभागि गराउन सक्नु भएको थिएन तर अहिले सविधान संशोधनमा बहुमत पुर्याउने आवश्यकता परेकाले गच्छारलाई सरकारमा ल्याइएको हो र त्यसमा मधेशी मोर्चा पनि चुम लागेर बसेका छन् । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..