» » उपेन्द्र यादवले भन्नुभयो, चुनावको मूडमा रहेको मधेशलाई बिथोल्ने तत्व आफै सिद्धिन्छन्


 भैरहवा जेठ १२ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश अहिले चुनावको मुडमा रहेकाले त्यसलाई बिथोल्न खोज्ने तत्वहरु आफै सिद्धिने चेतावनी दिनुभएको छ । 

राष्ट्रिय जनता पार्टीले आज आन्दोलन घोषणा गरेकै दिन उहाँको यस्तो भनाई आएको हो । 

गोला बारुदभन्दा ब्यालेट सबैभन्दा शक्तिशाली भएको भन्दै अध्यक्ष यादवले लगातारको आन्दोलन मात्रैले पनि निकाश नदिने भएकोले चुनावलाई पनि संघर्षकै रुपमा लिइनु पर्ने सुझाव दिनुभयो ।     

रुपन्देहीको धकधईमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यादवले भन्नुभयो, ‘संसारमा धेरै घटनाले पुष्टि गरिसकेको छ । 

गोला बारुद र तोपभन्दा ब्यालेट सबैभन्दा शक्तिशाली हुन्छ । मधेशले पनि ब्यालेटको पावरलाई सदुपयोग गर्नु पर्दछ ।’

अध्यक्ष यादवले दोस्रो चरणको रुपमा जेठ ३१ गते हुने निर्वाचनलाई उपयोग गर्न मतदातालाई आग्रह गर्दै भन्नुभयो, ‘निर्वाचन हुनैपर्छ । किनकी निर्वाचनमा जनताले आफ्नो अभिमत जाहेर गर्न पाउँछन् । लोकतन्त्रमा जनताको मत सार्वभौम हुन्छ ।’

अध्यक्ष यादवले चुनाव कुनैपनि हालतमा हुनु पर्ने र त्यसका लागि तयार रहन आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत दिनुभयो ।
कांग्रेस र माओवादीका कार्यकर्ता फोरम नेपालमा प्रवेश
पार्टी दर्ता र चुनाव चिन्ह नपाएर आक्रोशित बनेको राष्ट्रिय जनता पार्टीले काठमाडौंमा आन्दोलन घोषणा गरिरहँदा उपेन्द्र यादवले भने रुपन्देहीमा ठूलोे संख्यामा सक्रिय नेता कार्यकर्ताको समूहलाई पार्टीमा भित्र्याउनु भएको छ ।  

नेपाली काँग्रेसका प्रभावशाली नेता मञ्जित यादव, सनोज यादव र नेकपा माओवादी केन्द्रका नेता सतीश उपाध्यायको नेतृत्वमा हजारौंको संख्यामा स्थानीय कार्यकर्ताहरु समाजवादी फोरममा प्रवेश गर्नुभएको हो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..