» » दुई दिनमा दुईटा पार्टी फोरम नेपालमा विलय

सुनसरी जेष्ठ १० गते । जनकपुरमा मधेश समता पार्टीको सिंगो नेतृत्व प्रवेश गरेको एकदिन नबित्दै संघीय समाजवादी फोरम नेपालमा आज एउटा अर्को पार्टी प्रवेश गरेको छ ।

कांग्रेस, एमाले, माओवादी, राप्रपालगायतका दल परित्याग गरि नेता तथा कार्यकर्ताहरुको समूह प्रवेश गरिरहेकै अवस्थामा यसरी दुई दिनमा दुई वटा प्रभावकारी पार्टीहरु फोरम नेपालमा प्रवेश गरेका हुन् ।

विरशुलाल उराँव अध्यक्ष रहेको नेपाल जनसमावेशी एकता पार्टीका पदाधिकारी तथा नेताहरु फोरम नेपालमा प्रवेश गरेको हो ।

बुधबार सुनसरीको निर्वाचन क्षेत्र नं. ५ को पश्चिम कुशाहामा आयोजित बृहत् पार्टी प्रवेश एवं सभामा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशी पार्टी र नेता कार्यकर्तालाई स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् ।

स्थानीय तहको दोस्रो चरणको चुनाव नजिकिँदै गर्दा तराई मधेशमा उपेन्द्र यादवको एजेण्डा र मुद्दप्रति देखिएको प्रतिवद्धताका कारण सिंगो पार्टीसहित फोरम नेपालमा प्रवेश गरेको जनसमावेशी पार्टीका अध्यक्ष उराँवले प्रतिक्रिया दिनुभयो ।

यसैगरी, बुधबार नै सुनसरीको क्षेत्र नं। ५ कोशी गाउँपालिका हरिपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा लगायतका पार्टी परित्याग गरी आएका नेतृत्व पंक्तिलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले टिका लगाएर स्वागत गर्नुभयो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..