» » राजपा सप्तरीद्धारा केन्द्रलाई दवाव


सप्तरी, जेठ ३१ गते । राष्ट्रिय जनता पार्टी नेपाल चुनावमा जाने कि आन्दोलनमा जाने अन्योलमा रहेको बेला विभिन्न जिल्लाहरुबाट चुनावमा नजान दवावहरु आइरहेका छन् ।

राजपा नेपाल सप्तरीले यही अवस्थामा निर्वाचनमा भाग नलिन केन्द्रीय नेतृत्वलाई आज दवाव दिएको छ । यसअघि धनुषा, महोत्तरीलगायतका जिल्लाहरु पनि विज्ञप्ति जारी गरेर दवाव दिइसकेको  छ ।

राजपा सप्तरीले आज गरेको बैठकले वर्तमान अवस्थामै निर्वाचनमा भाग नलिने निर्णय गर्दै केन्द्रीय नेतृत्वलाई निर्वाचनमा भाग नलिन दबाब दिने निर्णय गरेको छ ।

राजपा सप्तरी उपाध्यक्ष निरज मुक्तीले संविधान संशोधन र जनसंख्याको हिसाबले स्थानीय तहको पुनर्संरचना नगरिएको अवस्थामा निर्वाचनमा भाग लिए आत्मघाती कार्य हुने भएकाले निर्वाचनमा भाग नलिने निर्णय भएको बताउनुभयो ।

बैठकमा सहभागी राजपाका केन्द्रीय वरिष्ठ नेता मृगेन्द्रकुमार सिंह यादवले जेका लागि यत्रो आन्दोलन भयो त्यो पूरा नभएसम्म चुनावमा जान नहुने बताउनुभयो ।

शमधेस आन्दोलनका क्रममा सप्तरी जिल्लामा १२ जनाको ज्यान गएको छ भने सैयोंको सँख्यामा घाइते भएका छन् । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..