पर्सा ,जेठ ८– मधेशको मागलाई एमाले पार्टी सम्बोधन गर्न नसकेको भन्दै सो पार्टीका केन्द्रीय सदस्य प्रल्हाद गिरी तथा पूर्वसभासद् प्रद्युमन चौहानले राजिनामा दिइ संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ ।
केन्द्रिय सदस्य गिरी र पूर्वसभासद चौहानले पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएर आजै फोरम नेपालमा प्रवेश गरेको सो दलका जिल्ला अध्यक्ष प्रदीप यादवले जानकारी गराए ।
मधेस आन्दोलनबाट उठेका मागहरुलाई संस्थागत गर्नुपर्ने जनचाहनालाई एमाले पार्टीले उपेच्छा गरेकाले आफूहरु पार्टीको साधारण सदस्य लगायत सम्पूर्ण पदबाट राजीनामा दिएको गीरी र चौहानद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पहिलो चरणको स्थानिय निर्वाचनअघि सरकारले गरेको सहमती अनुसार तराई मधेसमा स्थानीय निकायको सँख्यावृद्धि गरि दोश्रो चरणको चुनाव गराउनु पर्ने अहिलेको राजनैतिक आवश्यकता भएपनि एमालेको मधेस विरोधी आडानको कारण राजनैतिक निकास निस्कन नसकेका आरोप समेत लगाइएको छ ।
No comments: