» » राजपा नेपालका लागि काँग्रेस चुनाव सार्न तयार

काठमाडौ जेठ १३ गते । नेपाली काँग्रेसले राष्ट्रिय जनता पार्टी चुनावमा आउन तयार भए उनीहरुको पार्टी दर्ता र चुनाव चिन्हका लागि ऐन संशोधन गरेर भएपनि सो काम गराउने तर उनीहरु चुनावमा आउने प्रतिवाद्धता आउनुपर्ने बताएका छ ।

राष्ट्रिय जनता पार्टी नेपालले आफूहरुको न पार्टी दर्ता भएको छ न चुनाव चिन्ह प्राप्त भएको छ, अनि कसरी चुनावमा जाने भनि माग राखेपछि काँग्रेसले दुई चार दिन चुनाव सारेर तथा ऐन संशोधन गरेर पनि राजपा नेपाललाई चुनावमा सहभागि गराउने बताएको छ ।

सो पार्टीका नेता विमलेन्द्र निधिले यदि राजपा नेपाल चुनावमा आउन तयार हुन्छ भने ऐन संशोधन गरेर चुनाव चिन्ह र पार्टीको दर्ता काम गर्ने र चुनावको मिति पनि सार्ने  बताउनुभयो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..