» » राजविराजलाई उपमहानगरपालिका बनाउन माग


काठमाडौ जेठ ५ गते । पूर्व सिँचाई मन्त्री एवं सप्तरी क्षेत्र नं. ३ का सांसद उमेश यादवले राजविराज नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्ने माग गर्नुभएको छ ।

सांसद यादवले शुक्रवार एक विज्ञप्ति जारी गरी नेपालमै पहिलो टाउन प्लानिङ्गबाट बसाइएका राजविराज नगरपालिका पूर्वधारको हिसाब सक्षम रहेकाले त्यसलाई उपमहानगरपालिका बनाउन सरकारसँग जोडदार माग गर्नुभएको छ ।

आफूले राजविराज नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्छ भनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत जानकारी गराई सकेको बताउँदै उहाँले सो नगरपालिकालाई उपमहानगरपालिका बनाउन प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको बताउनुभयो ।

माओवादी केन्द्रको संसदीय दलले समेत राजविराज नगरपालिकालाई उपमहानगरपालिका बनाउनु पर्ने निर्णय गरिसकेको उल्लेख गर्दै सांसद यादवले राजविराजलाई उपमहानगरपालिका बनाउनका लागि सहयोग गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह पनि गर्नुभएको छ ।

उहाँले राजविराज नगरपालिका स्रोत साधन र मापदण्डका कारणले उपमहानगरपालिका बन्न सक्छ तर विगतमा मेयर बनेका तथा उपमहानगरपालिका बनेपछि त्यहाँ आफ्नो राजनीतिक भविष्य नदेख्ने जस्ता व्यक्तिहरुले त्यहाँ नाकारात्मक भूमिका खेलिरहेको आरोप पनि लगाउनु भएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..