» » महन्थ ठाकुर संयोजक भएपछि उपेन्द्र यादवले जारी गर्नुभयो यस्तो विज्ञप्ति


मिति २०७४ वैशाख २४ गते
प्रेस–विज्ञप्ति
मिति २०७४ साल वैशाख २३ गते विभिन्न सञ्चार माध्यमहरुमा सङ्घीय गठबन्धनको नामबाट सम्प्रेषण भएको कथित प्रेस विज्ञप्तिप्रति मेरो र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सङ्घीय गठबन्धनका संयोजक म स्वयम् रहेको र मेरो सल्लाहमा उक्त दिन कुनै पनि बैठक आयोजना नभएको कुरा यहाँ अवगत गराउन चाहन्छु ।


संयोजक र प्रवक्ता प्रा.डा. ओम गुरुङ लगायत गठबन्धनका अधिकांश बहुमत सदस्यहरुलाई कुनै जानकारी नै नदिई व्यक्तिगत रुपमा आयोजना भएको कथित बैठक सङ्घीय गठबन्धनको बैठक हुनै सक्दैन । गठबन्धनको अवधारणा पत्रको मर्म, भावना र आचारसंहिता विपरीत बैठकले संघीय गठबन्धनको बैठकको बैधानिकता प्राप्त गर्नै सक्दैन ।

त्यसैले, सञ्चारमाध्यममा जे जस्तो समाचारहरु प्रेषित भएका छन्, ती गठबन्धनको आधिकारिक निर्णय नभएर व्यक्तिगत निर्णयहरु मात्र हुन् ।

महन्थ ठाकुरको नामबाट आएको उक्त प्रेस विज्ञप्ति राजनीतिक झूठको खेतीका साथै राजनीतिक बेइमानी र निन्दनीय काम समेत हो । आदिवासी जनजाति, मधेशी, थारु, खस, शिल्पी, मुश्लिम, लगायत सम्पूर्ण उत्पीडित वर्ग र समुदायको हक अधिकारको निम्ति जारी सङ्घर्षलाई सफलतामा पुर्याउन अरु बृहत्तर एकीकृत शक्ति निर्माण गर्नुपर्ने वर्तमान राजनीतिक परिस्थितिमा यसरी घात अन्तर्घात गर्ने कार्य अत्यन्तै लज्जास्पद मात्र नभएर खेदजनक पनि छ ।

उत्पीडित वर्ग, जाति र समुदायको मुक्तिको निम्ति हिड्नुपर्ने लामो सङ्घर्षको बाटोमा परिवर्तित राजनीतिक परिस्थिति अनुसार चाल्नुपर्ने सङ्घर्षका विविध रुपहरु हुन्छन् भन्ने कुरामा हामी सबै स्पष्ट छौं । त्यसैले, उत्पीडित नेपाली जनताको मुक्तिको निम्ति क्रियाशील एवम् सङ्घर्षशील पार्टी सङ्घीय समाजवादी फोरम, नेपाल न आत्मसमर्पणवादी पार्टी हो, न उत्पीडित जनताको स्वार्थमाथि घात गर्ने पार्टी हो ।

यस कुरामा विश्वस्त रहन अपील गर्दै म, सङ्घीय गठबन्धनका सबै घटक सदस्य नेताज्यूहरुलाई उक्त कथित प्रेस विज्ञप्तिको भ्रममा नपरी परिस्थितिको मूल्याङ्कन र हाम्रा आगामी कार्यभारहरु बारे निर्णय गर्न एकीकृत भई छलफलमा रहौं भनी हार्दिक अनुरोध समेत गर्न चाहन्छु । साथै पार्टी पङ्क्तिलाई पनि भ्रमहरुको पर्दाफास गर्दै दृढतापूर्वक क्रियाशील रहन कर्तब्यबोध गराउँदछु ।                                             
       
   
    उपेन्द्र यादव
    संयोजक, सङ्घीय गठबन्धन
    अध्यक्ष, सङ्घीय समाजवादी फोरम, नेपाल

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..