» » उपेन्द्र यादवलाई आन्दोलनमा फर्किन राजेन्द्र महतोको सुझाव

काठमाडौ जेठ १७ गते । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई राजपासँगै आन्दोलनमा आउन एकपटक फेरि आग्रह गर्नुभयो ।

अध्यक्ष महतोले अहिलेसम्म सँगै आन्दोलन गरेको अध्यक्ष उपेन्द्र यादवलाई एउटै छातामुनि आएर आन्दोलनमा सहभागी भई करोडौं मधेशी जनजाति जनताको भावनालाई सम्मान गरि दिन आग्रह गर्नुभएको छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै राजेन्द्र महतोले राजपा चुनावमा सहभागी नभएसम्म दोस्रो चरणको निर्वाचन कुनै हालतमा नहुने र संशोधन बिना राजपा नेपाल कुनै हालतमा निर्वाचनमा सहभागी नहुने पनि स्पष्ट पार्नु भयो ।

हाम्रा केही सहयात्री दलका नेताहरुलाई राजपा बिना पनि दोस्रो चरणको निर्वाचन भई हाल्ने आदेश रहेको थियो, महतोले भने तर सरकारले दुई दुई पटक चुनावको मिति सारे पछि अब उहाँहरुको त्यो शंका पनि दूर भएको होला।

एउटा शक्ति संविधान संशोधनका लागि आन्दोलनमा र एउटा शक्ति चुनावमा रहेकोले तीन दलले हाम्रै बीचको मतभेदको फायदा उठाई रहेको र संशोधन बिनानै चुनावमा जाने हिम्मत गरेको महतोले बताउनुभयो ।

अहिले पनि कुनै ढिलो नभएको बताउँदै उहाँले भने एउटै छाता मुनि आएर संविधान संशोधन र मधेशी जनजातिको अधिकारको लागि जारी निर्णायक आन्दोलनमा सहभागी भई दिन म उपेन्द्रजी लाई आग्रह गर्छु । महतोले भन्नुभयो, मधेशको सबै शक्ति एक भए हामीले अधिकार पनि पाउने र मतदानमा पनि नसोचेको सफलता पाउने दावी गर्नुभएको छ ।

राजपा नेता महतोले नयाँ पार्टी गठन भएकै बेला सबै मधेशी शक्तिहरुलाई एक हुन आह्वान गरिएको बताउँदै उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरमलाई विशेष आह्वान गरिएको जानकारी गराउनुभयो । उपेन्द्र यादवलाई लिएरै सबै भन्दा पहिले आफुलेनै संयुक्त मधेशी मोर्चा गठन गरेको स्मरण गर्दै महतोले एक दशकदेखि सँगै सड़क, सदन र सरकारमा रहेर काम गरेको बताउँदै फेरि पनि सँगै आन्दोलन र चुनावमा जान अपील गर्नुभएको छ ।

चुनाव भन्दा पहिले नै संशोधनको लागि राष्ट्रपतिलाई राजपाको दबाब राष्ट्रिय जनता पार्टी नेपालले नेकपा एमालेद्वारा दोस्रो चरणको मतदान पछि संविधान संशोधनमा सघाउने प्रस्ताव अस्वीकार गरेको छ ।

आज राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा राजपाले दोस्रो चरणको मतदान भन्दा पहिले नै संविधान संशोधन पारित हुनु पर्ने आफ्नो पुरानो अड़ान दोहराएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको बैठकमा राजपा नेताहरूले पाहिले संशोधन र त्यस पछि मतदानको लागि एमाले सहित अन्य दललाई दबाब दिएर चुनावमा सबै पक्षको सहभागिता सुनिश्चित गराउन आग्रह गर्नुभएको छ ।

राष्ट्रपतिसँग भएको बैठक बारे बोल्दै राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले आफूहरु संविधान संशोधन बिना कुनै हालतमा चुनावमा सहभागी हुन नसक्ने र तराई मधेश लगायत जनजाति बहुल क्षेत्रमा दोस्रो चरणको मतदानमा हुन नदिने कुरा राष्ट्रपतिलाई जानकारी गराएको बताउनुभयो ।

महतोले भन्नुभयो, संविधान संशोधन पारित गरि जनसँख्याको आधारमा स्थानीय तहको सँख्या बढाए मात्र चुनावको माहौल बन्न सक्ने र निर्वाचनमा सबै पक्षको सहभागिता सुनिश्चित हुनेछ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..