» » महन्थ ठाकुरकै सामु राष्ट्रपति समक्ष राख्नुभयो उपेन्द्रले यो प्रस्ताव

काठमाडौ वैशाख २८ गते । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायको अधिकार सम्बोधनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय शीर्ष नेताहरुको बैठकमाा सात सुत्रीय प्रस्ताव राख्नुभयो ।

संविधान संशोधनलाई बेवास्ता गरिए दोस्रो चरणको चुनाव मधेशमा सहज रुपमा सम्पन्न हुन नसक्ने भन्दै अध्यक्ष यादवले सात सुत्रिय प्रस्ताव अघि सारेर समाधानको उपाय सुझाउनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न श्रीलंका भ्रमण र वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिका सन्दर्भमा विहिवार  विहान शीतल निवासमा सामूहिक छलफलका लागि सर्वदलिय बैठक बोलाउनु भएको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति देरबहादुर देउवा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका नेपालका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द र नेपाल लोकतान्त्रिक फोरम पाटीका अध्यक्ष विजय गच्छदार सहभागी हुनुहुन्थ्यो ।

सो बैठकमा फोरम नेपालका अध्यक्ष यादवले दोस्रो चरणको चुनाव अघि नै परिमार्जनसहित संविधान संशोधन पारित हुनु पर्ने, मतदाता नामावली थप्न समय दिनु पर्ने, पहिलो र दोस्रो चरणको मतगणना र मतपरिणाम एकै पटक हुनु पर्ने प्रस्ताव गर्नुभएको छ ।

त्यस्तै, चुनावमा सेना परिचालन गर्न नहुने, मधेश आन्दोलनका दौरान पक्राउ परेका नेता कार्यकर्ताको रिहाई एवं उनीहरुको मुद्दा खारेज हुनु पर्ने, मधेशमा गाउँपालिका एवं नगरपालिकाको संख्या जनसंख्याको अनुपातमा बृद्धि गर्नुपर्ने र सरकारले स्थानीय चुनावपछि मात्र बजेट ल्याउने गरी प्रस्ताव गरेका छन् ।

उपेन्द्र यादवका प्रेस सल्लाहकार महेश चौरसियाका अनुसार भेटवार्तामा सहभागी राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशका मुद्दाहरु बारे केही बोल्नुभएन ।

छलफल अवधिभर मौन बसेका अध्यक्ष ठाकुरले अन्त्यमा राष्ट्रपति भण्डारीलाई श्रीलंका यात्राको शुभकामना दिनुभयो ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि सरकार गम्भीर रहेको जानकारी दिँदै दोस्रो चरणको चुनावअघि नै संशोधन पास गराउने प्रयास जारी रहेको बताउनुभयो ।

त्यस्तै, छलफलमा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता सुभाषचन्द्र नेम्बाङले सकारात्मक प्रतिक्रिया दिनुभयएको  ।   

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..