» » राजपा नेपालका नेता माओवादी केन्द्य्रमा प्रवेश

सर्लाही, जेठ १२ गते – राष्ट्रिय जनता पार्टी (राजपा) ले निर्वाचनलाई विथोल्ने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेकै दिन सर्लाहीमा उक्त पार्टीका चार सय भन्दा धेरै नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

राजपाको एक घटक महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टीका सह महामन्त्री रामचन्द्रसिंह कुशवाहाको नेतृत्वमा ४ सय भन्दा धेरै नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।

सर्लाहीको इश्वरपुरमा शनिवार आयोजित चुनावी सभामा नेता पोखरेलले नव प्रवेशीहरुलाई अबिर र माला लगाएर आफ्नो पार्टीमा भित्र्याएको हो ।

कार्यक्रममा नेता कुशवाहाले मधेशवादी दलहरुबाट मधेशको हित हुने सम्भावना नदेखेपछि माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो । उहाँले मधेशको प्रगतिको लागि चुनाव अपरिहार्य रहेको भन्दै अब जुनकुनै हालतमा चुनाब सफल पार्न लागि पर्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्यहरु प्रल्हाद वुढाथोकी, डाचाराज वाग्ले, पोलिटव्यूरो सदस्य डाचाराज वाग्ले, लगायतको सहभागिता थियो ।

कुशवाहाको नेतृत्वमा तमसपा, एमाले लगायतका राजनीतिक पार्टीका केन्द्र, जिल्ला, क्षेत्र र नगर स्तरिय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभयो ।

एमाले इश्वरपुर नगर कमिटि सदस्यहरु रामपृत महतो, रामपुकार महतो लगायतका नेता कार्यकर्ता पनि आफ्नो पार्टीमा प्रवेश गरेको माओवादी केन्द्र सर्लाहीका अध्यक्ष कमल बुढाथोकीले जानकारी दिनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..