» » रितु यादवमाथि आइओएमले यसरी गरे अन्याय


काठमाडौ ८ गते । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन सस्थान ( आइओएम) मा नसिङ्ग (स्नातकोत्तर) तह प्रवेश परिक्षामा अनियमितता भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले सम्र्पूण कागजात जफत गरि दुई दिनदेखि अनुसन्धान गरिरहेको छ ।

प्रवेश परीक्षमा अनियमितता गरेको भन्दै सतर्कता केन्द्रले त्यसलाई सच्याउन निर्देशन दिने तयारी गरिरहेको छ ।

       प्रवेश परिक्षामा नाम निकाल्न सफल विद्यार्थीलाई भर्ना नगरी उक्त व्यक्तिभन्दा कम नम्बर ल्याएका विद्यार्थीको नाम निकालेर धाँधली भएको आरोपमा केन्द्रले सम्र्पूण कागजातहरु हिजै जफत गरि ल्याएको थियो ।

२६ नम्बर क्रमसंख्यामा नाम निकाल्न सफल हुनुभएको रितु यादवलाई काउन्सिलिङमा समावेश हुन नदिई उहाँको ठाउँमा २७ नम्बरका विद्यार्थीलाई भर्ना गराएको छ ।

आफूमाथि अन्याय भएको भन्दै रितु यादवले हिजै नै सतर्कता केन्द्रमा उजुरी दिनुभएको थियो ।

उजुरी पर्ने वित्तिकै केन्द्रका प्रहरी सहायक निरिक्षक इन्द्रबहादुर डाँगीको नेतृत्वमा गएको टोलीले आइओएमबाट सम्र्पूण कागजातहरु जफत गरि ल्याएको थियो ।

र, आज पनि आइओएममा गएर कागजातहरु अध्ययन गरिरहेका सतर्कता केन्द्रले जनाएको छ ।

२६ नम्बरमा नाम निकाल्न सफल रितु यादवले नाम निकालीसकेपछि आफू आइतबार ठिक १० बजे काउन्सिलिङ्गका लागि आइओएम पुग्दा उहाँलाई भित्र समत प्रवेश गर्न दिएन ।

रितु यादवले भन्नुभयो, ‘१० बजेदेखि हुने काउन्सेलिङ्गका लागि आधा घण्टा पहिला नै आउन भनेको थियो तर काउन्सेलिङ् भवन खोज्दै जाँदा ठीक १० वजे मात्र फेला पार्न सके तर ढिलो आउनु भो भन्दै मलाई भित्र पस्नै दिएन । त्यहाँ गेटमा गार्ड थियो । म कति अनुनय विनय गरे तर भित्र जान दिएन । पछि मैले त्यहाँ उजुरी गर्न लाग्दा पनि मेरो उजुरी लिन मानिरहेका थिएन । यहाँ अनियमितता भयो, मेरो ठाउँमा अरुलाई ल्याउन मलाई भित्र जान दिएन भनि मैले उजुरी गर्न खोज्दा उजुरी पनि लिन मानिरहेका थिएनन् पछि कति दवाव दिएपछि उजुरी लियो । पछि त डिन जेपी अग्रवाल आफै आएर मलाई झपार्नुभयो, जा यहाँबाट अब केही हुँदैन, तिमीलाई जे जे गर्नुछ बाहिर गएर गर भन्दा म त्यहाँबाट निस्के र सतर्ककता केन्द्रमा गएर उजुरी गरे ।’

उहाँले काउन्सेलिङ्गका लागि १० बजे बोलाएपनि १२ बजे मात्र काउन्सेलिङ्ग भएको बताउनुभयो ।

रितु यादवले आफू ¥याकिङमा अगाडी रहेपनि आइओएमका पदाधिकारीको नियतवस भर्ना हुनबाट बञ्चित गराइएको दावी गर्नुभयो ।

चिकित्साशास्त्र अध्ययन सस्थान (आइएओम) का डिन डा.जगदिशचन्द्र अग्रवालले रितु यादव काउन्सिलिङ्गमा ढिला आइपुगेको कारणले समावेश नगराएको प्रतिकृया दिनुभयो ।
    राष्ट्रिय सतर्कता केन्द्रले आइओएमलाई स्नातकोत्तर सम्बन्धि सम्र्पूण विवरण अध्ययन गरेपछि मात्र भर्ना लगायतका अन्य प्रक्रिया अगाडी बढाउन निर्देशन समेत  दिएको छ ।


परीक्षमा अनियमितता गरेको भन्दै टिचिङ् अस्पताल डिन कार्यालयमा सतर्कता केन्द्रले हिजो छापा मारेर सबै कागजातहरु जफत गरि ल्याएको थियो । आज केन्द्रले डिनलाई स्पष्टीकरण सोधेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..