» » उपेन्द्र यादवले पार्टी एकता गर्दै

काठमाडौं वैशाख ३१ गते । संघीय समाजवादी फोरम नेपाल र खगेन्द्र माखिम अध्यक्ष रहेको संघीय लिम्बूवान पार्टी नेपालबीच एकता हुनेभएको छ ।

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा भोलि सोमवार पार्टी एकता घोषणा हुने बताइएको छ ।

पार्टीको दुई तिहाई बहुमतबाट हालै अध्यक्ष बनेका माखिमले संघीय समाजवादी फोरम नेपालसँग पार्टीको नीति, सिद्यान्त र एजेन्डा मिल्ने भएकोले सँगै मिलेर संघर्ष गर्न पार्टी एकता गर्न लागेको बताउनुभयो ।

संघीयता र पहिचानलाई मुख्य एजेन्डा बनाएर मधेशी, आदिवासी जनजाति, दलित, खस, महिला, मुस्लिम लगायत उत्पीडित समुदायको पक्षमा संघर्षरत फोरम नेपालसँग माखिम नेतृत्वको सिङ्गो पार्टी नै एकीकरण गर्न लागेको हो ।

पूर्वी नेपालको दशवटा जिल्लामा प्रभावकारी पहुँच बनाएर माखिम नेतृत्वको संघीय लिम्बूवान पार्टी सक्रिय रहेको छ ।  

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..