काठमाडौ वैशाख १९ गते । छ मधेशवादी दलले मिलेर बनेको राष्ट्रिय जनता पार्टीको नेपालको पहिलो केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो ।
राजधानीको अमृतभोगमा बस्न लागेको सो बैठकमा छवटै दलमा रहेका केन्द्रीय समितिको उपस्थिति रहेने बताइएको छ ।
बैठक आज दिनभरि चल्ने बताइएको छ । बैठकमा स्थानीय तहको चुनाव, पार्टीको घोषणापत्र तथा अन्य दस्तावेजको बारेमा छलफल हुने बताइएको छ ।
बैठकमा पाँचसय भन्दा बढी केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ ।
बैशाख ७ गते राजपाको घोषणा भएको थियो । महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्रराय यादवको तराई मधेश सद्भावना पार्टी, शरतसिह भण्डारी नेतृत्वको रामसपा, अनिल झा नेतृत्वको नेसपा र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकबीच एकीकरण भएको थियो ।

No comments: