» » संयोजकका लागि राजपामा विवाद

बर्दिया जेठ ५ गते । छ मधेशवादी दलले हालै एकीकृत भइ गठन गरेको राष्ट्रिय जनता पार्टी नेपाल बर्दिया जिल्ला संयोजक पदका लागि विवाद देखिएको  छ ।

केन्द्रिय प्रतिनिधिको अनुपस्थितीमा जिल्ला संयोजक वनाईएको भन्द्रै पार्टीका केन्द्रिय सदस्य केशव कुमार यादवले असन्तुष्टि व्यक्त गर्नु भएको हो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका बर्दिया जिल्ला संयोजक किर्तिनाथ यादवलाई दवाव दिई वैठक वोलाएर एकलौटी रुपमा बर्दिया जिल्लामा राजपाको संयोजक घोषणा गरिएको केन्द्रिय सदस्य यादवको आरोप छ ।

केन्द्रमा वैशाख १९ गते पार्टी एकता भएपछि जिल्लामा समेत एकता सभा घोषणा गरेर केन्द्रिय प्रतिनिधिको उपस्थितीमा अध्यक्ष मण्डलको निर्णयले जिल्ला संयोजक बनाउनु पर्ने भएतापनि मनोमानी रुपमा घर परिवार र आफन्त सहितको वैठक वसेर संयोजक वनाईएकोले तत्काल नयाँ संयोजक तोक्नुपर्ने उहाँको माग थियो ।

वैशाख २९ गते बर्दियामा राजपाको कार्यालय स्थापना गरी मोर्चा सम्वद्ध दलका अध्यक्ष मण्डलहरुले सद्भावना पार्टीका अध्यक्ष धनेश कुमार यादवलाई अध्यक्ष चयन गरेको बताईएको छ ।

बर्दियामा मोर्चा सम्वद्ध ६ वटा दलका अध्यक्षहरुको वैठकको निर्णयबाट आफु अध्यक्ष बनेको धनेश कुमार यादवले वताउनु भएको छ ।

उहाँले भन्नु भयो,–‘हामीलाई अध्यक्षहरुको भेलाबाट जिल्ला संयोजक चयन गर्न निर्देशन आएकाले ६ दलका अध्यक्ष मण्डल बसेर निर्णय गरिएको हो।’

उहाँले थप्नुभयो जिल्लामा अधिवेशन नभए सम्म दुई दुई महिनामा प्रत्येक अध्यक्षहरुलाई संयोजक तोकिने केन्द्रको निर्णय छ। कुरा नवुझी पार्टीमा कोही पनि आवेगमा नआउन संयोजक यादवको आग्रह छ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..