राजविराज जेठ १७ गते । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का दुई जना प्रभावशाली केन्द्रीय सदस्य संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । जिल्लामा चुनाव जित्ने गरी जनाधार बनाएका केन्द्रीय सदस्यद्घय भीमराज यादव र भरत साहले राजपा परित्याग गरी फोरम नेपालमा प्रवेश गर्नुभएको हो ।
सप्तरीको राजविराजमा बुधबार आयोजित पार्टी प्रवेश एवं चुनावीसभामा फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको हातबाट टिका लगाएर राजपाका नेताहरुले पार्टी प्रवेश गर्नुभएको हो ।
केन्द्रीय नेताद्घय भीमराज यादव र भरत साहको नेतृत्वमा राजपा सप्तरीका छ्सय नेता कार्यकर्ता प्रवेश गरेको फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साहले जानकारी गराउनुभयो ।
राजपा गठन हुनुअघि भीमराज यादव राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टीका केन्द्रीय सदस्य हुनहुन्थ्यो भने भरत साह भने शरतसिंह भण्डारी अध्यक्ष रहेको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
एमालेको अवरोधले संविधान संशोधनका लागि दुई तिहाई बहुमत नपुग्ने यथार्थ थाहा हुँदाहुँदै पनि चुनावलाई सदुपयोग गर्नुपर्नेमा त्यसलाई विथोल्ने गतिविधिमा लागेकोले राजपा परित्याग गरेको उहाँहरुले प्रतिक्रिया दिनु भएको छ ।
प्रतिकूल परिस्थितिमा दूरगामी रणनीतिका साथ चुनावलाई पनि संघर्षकै कार्यदिशा बनाएका उपेन्द्र यादवको नीति सही लागेर फोरम नेपाल प्रवेश गरेको उहाँहरुल तर्क गर्नुभएको छ ।
यसैगरी, नेकपा माओवादी केन्द्रका नेता राजेन्द्र यादव र नेपाली कांग्रेसका नेता कमल नारायण चौधरीको नेतृत्वमा तीन सय कार्यकर्ताले आ–आफ्नो माऊ पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नुभएको छ ।
हातमा आएको ब्यालेट सदुपयोग गर्न उपेन्द्र यादवको आह्वान
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको हातमा ब्यालेट आएकोले त्यसको सदुपयोग गरेर अगाडि बढ्न आह्वान गर्नुभएको छ ।
मधेशी जनताका लागि स्थानीय निकाय महत्वपूर्ण अवसर भएको बताउँदै उहाँले भन्नुभयो, ‘मधेशी जनताको हातमा अहिले ब्यालेट आएको छ, त्यसैले ब्यालेटको सदुपयोग गरेर देखाउनु जरुरी छ ।’
वर्तमान स्थानीय तहमा अत्याधिक अधिकार प्रत्यायोजित गरिएको दावी गर्दै फोरम अध्यक्ष यादवले मधेशी जनतालाई चुनावमा भाग लिएर अधिकार आफ्नो हातमा लिन समेत आग्रह गर्नुभयो ।
मधेशको स्थानीय सत्ता मधेशीको हातमा दिन चुनावलाई उपयोग गर्दै अधिकार प्राप्तिको संघर्षलाई अगाडि बढाउनु पर्नेमा अध्यक्ष यादवले जोड दिनुभयो ।
विभिन्न आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न तथा मजबूत रुपमा उपस्थिति देखाउनकै लागि आफूहरु चुनावमा भाग लिएको बताउँदै उहाँले भन्नुभयो, ‘अघिल्लो संविधानसभाको निर्वाचनमा मधेशबाट मधेशीहरुको उल्लेख्य रहे पनि दोस्रो संविधानसभाको चुनाव व्यापक सहभागिता लागि मधेशको मुद्दा स्थापित गर्न थप संघर्ष गर्नुपरेको छ ।’
No comments: